मदिरामा लगाइएको अन्त:शुल्क घटाउन उद्योगीहरू चलखेलमा, सरकारलाई ठुलो घाटा लाग्ने

काठमाडौं । मदिरामा सरकारले वृद्धि गरेको अन्त:शुल्क घटाउन मदिरा उद्योगीहरूले व्यापक चलखेल गरेको पाइएको छ । नेपाल सरकारले आर्थिक विधेयक २०७६ मार्फत मदिरामा अन्त:शुल्क वृद्धि गरेको थियो । उच्च मात्रामा खपत हुने मदिरामा सरकारले बढाएको अन्त:शुल्क घटाउन उद्योगीहरू लागि परेका हुन् ।