ट्रेजरी बिल्सको ब्याजदर ३ प्रतिशतभन्दा तल

काठमाडौं। बैंक, वित्तीय संस्थाहरूले ऋण प्रवाह गर्न नसक्दा बजारमा अल्पकालीन ब्याजदर निरन्तर घटिरहेको छ । बैंकहरूमा तरलता वृद्धि भए पनि राष्ट्र बैंकले मौद्रिक नीतिको घोषणाअनुसार मौद्रिक उपकरण प्रयोग नगर्दा अल्पकालीन ब्याजदरहरू न्यून विन्दुमा झरेको हो ।  सोमवार ट्रेजरी बिल्सको ब्याजदर पनि ३ प्रतिशतभन्दा तल झरेको छ । जब कि अघिल्लो आर्थिक वर्षमा ट्रेजरी बिल्सको ब्याजदर १२ प्रतिशत नाघेको थियो । यसैगरी २ सातायता अन्तरबैंक ब्याजदर पनि २ प्रतिशतको हाराहारीमा कायम भइरहेको छ । अल्पकालीन ब्याजदर घट्दा सरकारले भने सस्तोमा आन्तरिक ऋण उठाइरहेको छ ।  सोमवार सरकारले कुल १८ अर्ब ५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल्स नवीकरण गरेको छ । त्यसमध्ये २८ दिन अवधिको ५ अर्बको ट्रेजरी बिल्सको २ दशमलव ९० प्रतिशत, ९१ दिन अवधिको ७ अर्ब ७५ करोडको टे्रजरीमा ५ दशमलव शून्य ५ र १८२ दिन अवधिको ५ अर्ब ३० करोडको टे्रजरीमा ५ दशमलव ३४ प्रतिशत औसत ब्याजदर कायम भएको छ ।  सबै टे्रजरी बिल्सको ब्याजदर गत साताको तुलनामा घटेका छन् । गत साता २८ दिन अवधिको ट्रेजरीमा ३ दशमलव ४४ प्रतिशत, ९१ दिन अवधिमा ५ दशमलव ३५ र १८२ दिन अवधिमा ५ दशमलव ३९ प्रतिशत औसत ब्याजदर कायम भएको थियो ।  सरकारले बैंकहरूको ऋण प्रवाह बढाउन बैंकहरूलाई स्थानीय तहको सञ्चित कोषको रकमलाई निक्षेपमा गणना गर्न पाउने सुविधा दिएको छ । तर, बैंकहरूमा कर्जाको माग बढ्न नसक्दा सरकारी ऋणपत्रमा प्रतिस्पर्धामा भइरहेको छ ।  चालू आवको मौद्रिक नीतिमा राष्ट्र बैंकले ब्याजदर कोरिडोरको माथिल्लो सीमा बैंकदरलाई ७ दशमलव ५ प्रतिशत र तल्लो सीमा निक्षेप संकलन बोलकबोल दर ४ दशमलव ५ प्रतिशत तोक्दै औसत अन्तरबैंक ब्याजदर सीमाभित्र राख्ने घोषणा गरेको छ । ब्याजदर कोरिडोर कायम राख्न राष्ट्र बैंकले विभिन्न मौद्रिक उपकरण प्रयोग गर्ने व्यवस्था छ । तर, अहिले अन्तरबैंक ब्याजर लक्षित सीमाभन्दा तल आए पनि राष्ट्र बैंकले बजारबाट तरलता खिचेको छैन ।  केन्द्रीय बैंकले बैंकहरूको अधिक तरलतालाई सरकारी ऋणपत्र उठाउन प्रयोग गर्दै आएको छ । यसले गर्दा सरकारको आन्तरिक ऋणको लागत घटेको हो ।  गत आवमा औसत ८ दशमलव ६४ प्रतिशत कायम भएको विकास ऋणपत्रको ब्याजदर चालू आवमा औसत ६ दशमलव ९६ प्रतिशत कायम भएको छ ।  ब्याजदर न्यून भएका बेला आन्तरिक ऋण उठाउन सरकारले कार्यतालिका नै परिवर्तन गरेको छ । 

सम्बन्धित सामग्री

तरलता सहज बन्दै गएपछि घट्दै अल्पकालीन ब्याजदर

३० जेठ, काठमाडौं । बैंकिङ प्रणालीमा तरलता सहज भएर अन्तर बैंक ब्याजदर घट्न लागेसँगै अल्पकालीन ब्याजदर पनि घट्दै गएको छ । सोमबार नेपाल राष्ट्र बैंकले छोटो अवधिको आन्तरिक ऋण उठाउने उपकरण (ट्रेजरी बिल बोलकबोल) गरेको थियो । चालु आर्थिक वर्षमा १२ प्रतिशत नाघेको ट्रेजरी बिलको औसत डिस्काउन्ट रेट २९ जेठमा भएको बोलकबोलमा आयो भने आर्थिक […]

४० अर्बको ट्रेजरी बिल सोझै खरिद बोलकबोल गर्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले आगामी असोज ६ गते ४० अर्बको ट्रेजरी बिल सोझै खरिद बोलकबोल गर्ने भएको छ । केन्द्रीय बैंकले नेपाल सरकारको ट्रेजरी बिल्स बापतको उक्त बिल बिहीबार सोझै बोलकबोल गर्ने भएको हो । असोज ७ गते शुक्रबार बिक्री हुने बिलका लागि बिहीबार दिउँसो ३ बजे बोलकबोल हुने बैंकले जनाएको छ । आपसी प्रतिस्पर्धात्मक प्रणालीबाट जारी हुने बिलका लागि कटअफ रेटका आधारमा ब्याजदर प्रदान गरिने समेत बैंकले जनाएको छ । इच्छुक लगानीकर्ता, बैंक तथा वित्तीय संस्थाहरुले न्यूनतम ५ करोडदेखि अधिकतम ५ करोडले भाग ग

साउन यता राष्ट्र बैंकले खरिद गर्‍यो करिब ४२ अर्बको ट्रेजरी बिल

३ असोज, काठमाडौं । चालु आर्थिक वर्ष लागेपछि ४१ अर्ब ८६ करोड बराबरको ट्रेजरी बिल राष्ट्र बैंक आफैंले खरिद गरेको छ । राष्ट्र बैंकले नवीकरणका लागि बोलकबोल गरेको ट्रेजरी बिलको ब्याजदर दोहोरो अंकमा पुगेपछि राष्ट्र बैंकले आफैं खरिद गरेर ब्याजदरमा हस्तक्षेप गरेको हो । राष्ट्र बैंकले २ असोज आइतबार २८ दिन, ९१ दिन र १८२ […]

फेरि राष्ट्र बैंक ट्रेजरी बिल आफैले खरिद गर्यो

नेपाल राष्ट्र बैंकले फेरि ट्रेजरी बिल आफैले खरिद गरेको छ । बजारको ब्याजदर नियन्त्रणमा राख्ने भन्दै बैंकले लगातार चौथो पटक पनि आफैले ट्रेजरी राखेको हो । बैंकले पछिल्लो पटक बोलकबोल गरेको १२ खर्ब २३ करोड ३२ लाख ट्रेजरी बिलमा समेत ४ अर्ब ८८ करोड ३२ लाख रुपैयाँ नवीकरण गरेर बाँकी रहेको ७ अर्ब ३५ करोड रुपैयाँ बैंकले आफैले खरिद गरेको छ । बजारको ब्याजदर बढ्न नदिने बैंकले आफैले ट्रेजरी खरिद गरेको हो । यसअघि बैंकले १६ साउनमा २३ साउन र ३० साउनमा पनि नवीकरणका लागि बोलकबोल गरेको ट्रेजरी बिल राष्ट्र

नेपाल राष्ट्र बैंकले खरिद गर्यो ट्रेजरी बिल

काठमाडौं।फुटपाथ व्यापारीहरुले काठमाडौं महानगरपलिकाको कार्यालय घेराउ गरेका छन्।सरकारले सहरी विकास मन्त्रालय र कृषि तथा पशुपक्षी विकास मन्त्रालयमा गरी ५८४ वटा अधिकृतस्तरका कर्मचारीको अस्थायी दरबन्दी स्वीकृत गरेको छ।पोखराको विन्ध्यवासिनी मन्दिरको दानपेटिका चोर्ने एक जना पक्राउ परेका छन्। नेपाल राष्ट्र बैंकले ब्याजदर नियन्त्रण गर्न ट्रेजरी बिल खरिद गरेको छ। मेरो सेयर एप आई–फोनमा पनि चल्ने भएको छ।

ब्याजदर नियन्त्रण गर्न लगातार ट्रेजरी बिल खरिद गर्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले लगातार चौथो पटक पनि ट्रेजरी बिल आफैंले खरिद गरेको छ ।

राष्ट्र बैंकको हस्तक्षेपले एकल अंकमा झर्‍यो ट्रेजरी बिलको ब्याजदर

नेपाल राष्ट्र बैंकले हस्ताक्षेप गरेपछि छोटो अवधिको सरकारी ऋणपत्र (ट्रेजरी बिल) को ब्याजदर एक अंकमा झरेको छ ।

राष्ट्र बैंकले फेरि आफैं खरिद गर्‍यो साढे ६ अर्बको ट्रेजरी बिल

२४ साउन, काठमाडौं । बैंक तथा वित्तीय संस्थाले ट्रेजरी बिलको उच्च ब्याजदर प्रस्ताव गरेपछि राष्ट्र बैंक आफैंले खरिदको काम जारी राखेको छ । २३ साउन सोमबारको लागि राष्ट्र बैंकले ७ अर्ब १० करोड बराबरको ९१ दिने अवधिको ट्रेजरी बिल नवीकरणको लागि बोलकबोलमा ल्याएको थियो । उक्त ट्रेजरी बिल खरिदको लागि २७ बैंक तथा वित्तीय संस्थाले […]

बैंकहरूले जथाभावी ब्याजदर बोलकबोल गरेपछि राष्ट्र बैंक आफैंले किन्यो ट्रेजरी बिल

१७ साउन, काठमाडौं । बैंक तथा वित्तीय संस्थाले ब्याजदरमा जथाभाबी गरेको भन्दै नेपाल राष्ट्र बैंकले सोमबार बोलकबोलमा ल्याएको ट्रेजरी बिल आफैं खरिद गरेको छ । केन्द्रीय बैंकले सोमबार नवीकरणका लागि ९१ दिन अवधिको ५ अर्ब १० करोड र १८२ दिन अवधिको ५ अर्ब बराबरको ट्रेजरी बिल बोलकबोलमा ल्याएको थियो । बैंकहरूले ब्याजदरमा जथाभावी बोलकबोल गर्दा […]

ट्रेजरी बिलको ब्याजदर दोहोरो अङ्कमा

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले रु १८ अर्ब एक करोड ६५ लाख पचास हजार मूल्य बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । सरकारलाई आवश्यक अल्पकालीन ऋण उठाउन बोलकबोल प्रक्रियामार्फत बैङ्कले आज ऋणपत्र बिक्री गर्न लागेको हो । केन्द्रीय बैङ्कले जारी गरेको सूचनाअनुसार ९१ दिन र ३६४ दिन अवधिका २८ दिन अवधिको ट्रेजरी बिल जारी […]