प्रमुख विपक्षी दल नेकपा एमालेले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोगको काउन्टर दिने तयारी गरे पनि अलमलमा परेको छ। आइतबार साँझ अध्यक्ष केपी शर्मा ओली निवासमा बसेको सचिवालय बैठकबाट आक्रामक बनेको एमाले सोमबार बिहान संसदीय दलको बैठकसम्म आइपुग्दा अलमलमा परेको हो । स्थानीय निर्वाचन सार्ने, अदालतलाई थप विवादित बनाउने र एमसीसी पास गर्ने गलत नियतका साथ आएको निष्कर्ष निकाल्दै आवश्यकताअनुसार सडक, सदन र अदालत तीनै ठाउँमा प्रतिवाद गर्ने निर्णय गरेर पनि तत्कालै प्रतिवाद नगर्ने तहमा पुगेर रोकिएको हो ।