शेयर लगानीकर्ता हरि ढकालले सरकारले आज सार्वजनिक गरेको बजेटमा नेगेटिभ केहि पनि नरहेको र एक्साईटेड हुनु पर्ने विषय पनि केहि नरहेको बताएका छन् । बजेटबारे प्रतिक्रिया दिदै उनले बजेटमा धेरै अपेक्षा रहेको तर ति सम्बोधन नभएकोले नेगेटिभ हुनु पर्ने ठाउँ पनि नरहेको र एक्साईटेड हुनु पर्ने विषय पनि केहि नरहेको बताएका हुन्।बजारमा एनआरएनलाई भित्र्याउने विषय तुरुन्तै कार्यन्वयनमा आउँन सके यो सरकारको सकारात्मक कदम हुने उनको भनाई छ । यो पहिले पनि आई रहेको विषय भएकोले अब भने यो कार्यन्वयन नै आउनु पर्ने उनी बताउछन् । त्यस्तै विदेशमा रहेका नेपाली श्रमिकलाई आईपिओमा आरक्षण दिने विषय नयाँ रहेको उनको भनाई छ । उनले समग्रमा बजेट सन्तुलित नै रहेको बताए । तर लाभकर लगायतका विषयका धेरै माग भए पनि मिडियामा सम्बोधन गर्न लागिएको समाचार आएको तर बजेटमा त्यसबारे केहि नआएकोले धेरै खुसि हुने ठाउँ नरहेको उनी बताउछन् ।