बाढीले १३ वटा जलविद्युत आयोजनाको अर्बौं क्षति, १८ जना बेपत्ता

काठमाडौं । असार १ र २ गते आएको बाढीले कोशी प्रदेशका संखुवासभा, ताप्लेजुङ र पाँचथर जिल्लामा निर्माणाधीन तथा निर्माण सम्पन्न भएका जलविद्युत आयोजनाहरुमा क्षति भएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले १५० मेगावाट क्षमताका १३ वटा जलविद्युत आयोजनामा बाढीले क्षति पुर्‍याएको जनाएको छ । ‘बाढीले संखुवासभामा हेवा खोला, पिलुवा खोला र सवा […]

सम्बन्धित सामग्री

सिक्किम बाढीमा मृत्यु हुने १८ जना पुगे

भारतको सिक्किममा आएको बाढीबाट मृत्यु हुनेको संख्या १८ पुगेको छ । उत्तर सिक्किमको ल्होनाक हिमताल विस्फोट भई टिस्टा नदीमा अचानक आएको बाढीले बगाउँदा १८ जनाको मृत्यु भएको सिक्किम सरकारले जनाएको छ ।

चीनमा बाढीले ठूलो क्षति, ३३ जनाको मृत्यु - NepaliPatra

एजेन्सी । चीनमा बाढीको खतरा टरेको छैन । बाढीका कारण ठूलो जनधनको क्षति भएको छ । अझै पनि वर्षाको खतरा टरेको छैन । यस प्राकृतिक प्रकोपमा हालसम्म ३३ जनाको ज्यान गएको छ भने १८ जना बेपत्ता छन् । देशको उत्तरी भूभागमा असामान्य रूपमा भारी वर्षाको खतरा जारी छ। अधिकारीहरुले यो जानकारी दिएका हुन् । बेइजिङ […]

पूर्वी नेपालको बाढीले ४६३ मेगावाटका ३० आयोजनामा साढे ८ अर्ब क्षति

काठमाडौं । पूर्वी नेपालमा आएको बाढीले अहिलेसम्म ३० जलविद्युत आयोजनामा साढे ८  अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको प्रारम्भिक तथ्याङ्क सार्वजनिक भएको छ । यहि असार १ र २ गते ताप्लेजुङ, पाँचथर, संखुवासभा र भोजपुर जिल्लामा आएको बाढीले ४६३ मेगावाट क्षमताका ३० ओटा जलविद्युत आयोजनामा क्षति भएको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)को प्रारम्भिक अध्ययनले देखाएको हो । उत्पादनमा रहेका १३२ मेगावाटका १३ आयोजनामा करिब ६ अर्बको क्षति पूर्वी नेपालमा आएको अप्रत्याशित बाढीका कारण १३२ मेगावाट विद्युत उत्पादन गरिरहेका १२ ओटा आयोजनामा करिब ६ अर्ब रुपैयाँ बराबरको क्षति भएको इप्पानले जनाएको छ । विद्युत उत्पादन गरिरहेको सबैभन्दा ठूलो आयोजना २५ मेगावाटको काबेली बी-१ मा ५० करोड रुपैयाँ बराबरको क्षति भएको छ । उत्पादनमा रहेका आयोजना मध्ये सबैभन्दा धेरै क्षति २२.१ मेगावाट क्षमताको तल्लो हेवा खोला जलविद्युत आयोजनामा १ अर्ब रुपैयाँ बराबरको क्षति भएको आयोजनाका अध्यक्ष सिताराम तिमल्सिनाले जानकारी दिए । भौतिक हिसाबले सबैभन्दा धेरै क्षति भएको ४.७ मेगावाटको अपर पिलुवा-२ जलविद्युत आयोजनामा ९० करोड बराबरको क्षति भएको मेन्छियाम हाइड्रोपवारका अध्यक्ष एवं संखुवासभाबाट प्रतिनिधिसभा सदस्य दीपक खड्काले बताए ।  उनका अनुसार उक्त आयोजनामा हेडवर्क्स, पाइप अलाइनमेन्ट, पावर हाउस लगायतका भौतिक संरचना पूर्णरुपमा क्षति भएर आयोजनाको पुनर्निर्माणको लागि २ वर्षभन्दा बढी समय लाग्ने देखिएको छ । त्यस्तै १४.९ मेगावाट क्षमताको हेवा खोला ए जलविद्युत आयोजनामा ९५ करोड रुपैयाँ बराबरको क्षति भएको आयोजनाका प्रवर्द्धक पुष्पज्योति ढुङ्गानाले जानकारी दिए । निर्माणाधिन ३२७ मेगावाटका १७ आयोजनामा साढे २ अर्ब बढीको क्षति  बाढीका कारण पूर्वी नेपालका ४ जिल्लामा निर्माणाधिन १७ जलविद्युत आयोजनामा साढे २ अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको छ । निर्माणाधिन आयोजनामध्ये सबैभन्दा धेरै क्षति सुपर हेवा खोला जलविद्युत आयोजनामा ८० करोड रुपैयाँ बराबरको भएको छ । उक्त आयोजना निर्माणका खटिएका १८ जना मजदूरलाई बाढीले बगाएर बेपत्ता बनाएको थियो । त्यसमध्ये अहिलेसम्म ४ जनाको मात्र शब भेटिएको छ ।  ९० प्रतिशत निर्माण पूरा भइसकेको आयोजनामा बाढीले क्षति पुर्‍याउँदा आयोजनाको पुनर्निर्माणमा डेढदेखि दुई वर्षसम्म थप समय लाग्ने आयोजनाका अध्यक्ष हर्कबहादुर तामाङले बताए । त्यस्तै ९७.५ मेगावाटको इसुवाखोला जलविद्युत आयोजनामा ५० करोड रुपैयाँ बराबरको क्षति भएको आयोजनाका अध्यक्ष विरेन्द्रबहादुर न्यौपानेले जानकारी दिए । ९.७ मेगावाटको इङ्ग्वा खोलामा पनि ५० करोड बराबरको क्षति भएको आयोजनाका प्रवर्द्धक सतिष न्यौपानेले जानकारी दिए । प्रभावित आयोजनाका वारेमा प्रधानमन्त्रीसँग छलफल गर्दै इप्पान इप्पानले बाढीले प्रभावित आयोजनाका वारेमा इप्पानले प्रधानमन्त्री, अर्थमन्त्री, ऊर्जा मन्त्री, राष्ट्र बैंकका गभर्नर र बीमा प्राधिकरणका अध्यक्षलाई एक ठाउँमा राखेर जानकारी दिने तयारी गरेको छ । इप्पान अध्यक्ष गणेश कार्कीले शुक्रवार नै प्रधानमन्त्री पुष्पकमल दाहाललाई पत्र लेख्दै सम्बद्ध सबै मन्त्रालयका मन्त्री र कार्यकारी प्रमुखलाई एक ठाउँमा राखेर प्रभावित आयोजनाका बारेमा प्रस्तुतीकरणको लागि समय माग गरेका छन् ।

बझाङको एउटा गाउँ नै पहिरोमा, २३ जना बेपत्ता

फाइल फोटोबझाङको थलारा गाँउपालिका वडा नं ४ डिख्लामा गएराति पहिरो जाँदा २३ जना बेपत्ता भएका छन् । गाउँभन्दा माथिको ढोगदिना भन्ने ठाउँबाट पहिरो खस्दा दुई गाउँका स्थानीय विस्थापित भएका छन् भने भने सात घर पुरिएका छन् । बेपत्ता हुनेमा गगने सार्कीका एकै घरका १८ जना र नरे पार्कीका घरका पाँच जना रहेका छन् । गगने सार्की रोजगारीका लागि भारतमा छन्। उनका माइला छोरा काले सार्की मात्र सकुसल छन्। तल्लो डिख्ला र माथिल्लो डिख्ला गाउँका स्थानीय विस्थापित भई त्रिभुवन मा.वि महेन्द्रधारमा बसेका छन् । गाउँ पहिराको जोखिममा परेपछि सयभन्दा बढी परिवार विस्थापित भई आफन्त र नजिकैको विद्यालयमा बसिरहेको शान्ति मा.वि पाराकाट्नेका शिक्षक मदनबहादुर साउँदले बताउनुभयो । सुदूरपश्चिमका पहाडी जिल्लामा सञ्चार सेवा अवरुद्ध हुँदा थप विवरणका लागि सम्पर्क हुन सकेको छैन । बाढीले सडक अवरुद्ध भएको र नेटवर्क नहुँदा समयमै खबर नपाएकोले उद्धारमा समस्या भइरहेको स्थानीयले बताएका छन् । उनीहरुले पहिरामा परेर बेपत्ता भएको भन्ने खबर आएको तर लगातारको बर्षाले बाटो अवरुद्ध भएकाले सो घटनास्थलसम्म जान नसकिएको बताएका छन् ।

बाढीले बलूचिस्तानमा २१ जनाको मृत्यु

पाकिस्तानको बलूचिस्तान प्रान्तमा बाढीको प्रकोपले २१ जनाले ज्यान गुमाएका छन् । बलूचिस्तान सरकारका प्रवक्ता लियाकत शाहवानीले बाढीले २१ जनाको ज्यान गएको बताउनुभएको हो । समाचार संस्था एएनआईका अनुसार बाढीको प्रकोपमा अन्य १८ जना घाइते भएका छन् । १८ वटा घर भत्किएको छ । अन्य घरमा आशिंक क्षति भएको छ ।

एक महिनामा १३ जनाको मृत्यु, दर्जनौं परिवार घरबारविहिन

सुदूरपश्चिम प्रदेशको ७ पहाडी जिल्लामा पहिरो र तराईका दुई जिल्लामा बाढीले ठूलो क्षती गरेको छ। सुदूरपश्चिममा एक महिनामा मात्र पहिरोले १३ जनाको ज्यान गएको छ। भने १८ जना घाइते भएका छन्। यसैगरि पहिरोले दुई दर्जन बढी घर बगाएको छ, भने बाढीले ६ दर्जन बढी परिवार विस्थापित भएका छन।

भोटेकोशीमा बेपत्ता मध्ये दुई जनाको शब भेटियो, १६ अझै बेपत्ता

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको भोटेकोशी नदीमा आएको बाढीले बगाउदा चार जनाको मृत्यु भएको पुष्टि भएको छ । १८ जना बेपत्ता भएकोका दुई जनाको शब भेटिएको छ । जम्बु निवासी २० वर्षिय नीकेश बस्नेत र उनकी ३ वर्षिय छोरीको शब स्थानियले फेला पारेका छन् । बा-हबिसे नगरपालिका वडा नं ५ जम्बुमा गएको बाढीका कारण अरनिको राजमार्गमा क्षति …

सिन्धुपाल्चोकमा पहिरो : १८ जना बेपत्ता, दुईको शव फेला

सिन्धुपाल्चोक - (अपडेट) सिन्धुपाल्चोकको बाह्रबिसे र भोटेकोशीमा बाढीले घर बगाउँदा २२ जना बेपत्ता भएका छन् । दुई जनाको शव भेटिएको छ भने दुई जना घाइते भएका छन् । स्थानीय खहरे खोलामा आएको बाढीले झण्डै दुई दर्जन घर बगाएको छ । बाह्रबिसे नगरपालिका ३ जम्बु बजारमा खहरे खोलामा आएको बाढीले १८ जना बेपत्ता भएका नगरपालिका...

भोटेकोशीमा आएको बाढीले दुई जनाको मृत्यु, १८ वेपत्ता

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको भोटेकोशी नदीमा आएको बाढीले बगाउदा दुई जनाको मृत्यु भएको छ भने १८ जना बेपत्ता भएका छन् । बा-हबिसे नगरपालिका वडा नं ५ जम्बुमा गएको बाढीका कारण अरनिको राजमार्गमा क्षति पुगेको छ । अहिले भोटेकोशी गाउँपालिका र बा-हबिसे नगरपालिकाको सम्बन्ध बिच्छेद भएको छ । घाइतेहरुको उद्धारका लागि अहिले हेलिकोप्टर पुगेको छ । बाढीले …

बाढी पहिरोमा परी पूर्वमा २० जनाको मृत्यु

विराटनगरः अविरल वर्षाका कारण बाढी पहिरोले पूर्वका इलाम, पाँचथर, झापा, मोरङ, सुनसरी र सप्तरीमा २० जनाको मृत्यु भएको छ भने १७ जना बेपत्ता भएका छन्।  पूर्वाञ्चल क्षेत्रीय प्रहरी कार्यालय रानी, विराटनगरले दिएको जानकारीअनुसार बाढीले झापामा चार, मोरङमा छ, सुनसरीमा आठ जना गरी १८ जना तथा पहिरोले पाँचथरमा एक र इलाममा ए...