काठमाडौं : लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश सभा सदस्यहरूको बहुमत आफूसँगै रहेको दाबी गरेका छन्। सोमबार बिहान (आज) फेसबुकमा लामो स्टाटस लेख्दै उनले आफ्नो धारणा राखेका हुन्।प्रदेश सभामा अविश्वास प्रस्ताव सामना गर्न नसकेपछि पोखरेलले पदबाट आइतबार बिहान राजीनामा दिएका थिए। तर, आफूसँग बहुमत रहेको दाबी गर्दै पोखरेलले प्रदेश सभा सदस्यहरूको हस्ताक्षरसहित विवरण बुझाएपछि प्रदेश प्रमुख धर्मनाथ यादवले पद तथा गोपनीयताको सपथग्रहण गराएका थिए।पोखरेलले सपथ लिँदा-नलिँदै नेकपा (एमाल