मोदीमा खोलामा युवतीको बेवारिसे शव भेटियो

पर्वत : पर्वतको कुश्मा नगरपालिका–७ खरेहामा पर्ने मोदी खोलामा एकजना युवतीको बेवारिसे शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक राजेन्द्र अधिकारीका अनुसार अन्दाजी २० वर्ष उमेरकी ती युवतीको सनाखत हुन सकेको छैन।ह्यापी होली लेखिएको सेतो टिसर्ट र कालो ट्र्याक लगाएकी ती युवतीको शव पोस्टमार्टमका लागि पर्वत जिल्ला अस्पतालमा राखिएको छ। आफ्नो मान्छे हराएको भनी प्रहरीमा रिपोर्ट नआएका कारण पनि शवको सनाखत गर्न नसकिएको प्रहरीको भनाइ छ। होलीको टिसर्ट

सम्बन्धित सामग्री

मधेशमा बेवारिसे शव कसको ?

मधेश प्रदेशका जिल्लामा हत्या प्रकृतिका शव फेला पर्ने क्रम जारी छ । तर ती शवको न पहिचान खुल्छ, न अपराधी पत्ता लाग्छ । यो घटनाले प्रहरीको अनुसन्धान क्षमतामा प्रश्न त उठेको छ नै, मधेश असुरक्षित रहेको सन्देश पनि जाने चिन्ता छ ।

तरकारीको ठेलागाडामा बेवारिसे शव भेटियो

काभ्रेको बनेपा नगरपालिका वडा नं ८ स्थित बसपार्कमा बेवारिसे शव फेला परेको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ ।

कर्णाली नदीमा बेवारिसे शव भेटियो

हुम्लाको चंखेली गाउँपालिका–४ स्थित सल्लीसल्लामा रहेको कर्णाली नदीमा एक जना पुरूषको बेवारिसे शव फेला परेको छ ।

कालीकाेट : बेवारिसे शव भेटियो

कालीकोट – कालीकाेटकाे सान्नीत्रिवेणी गाउँपालिका ३ सिस्नेगडामा बेवारिसे अवस्थामा एक जनाकाे शव भेटिएकाे छ । नामथर र ठेगाना नखुलेका एक व्यक्तिकाे शव भेटिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सुबराज बमले जानकारी दिनुभयाे ।   कर्णाली काेरिडोरदेखि झन्डै १० मिटर तल शव भेटिएको प्रहरीले जनाएको छ । स्थानीयवासीले घाँस काट्न जाने क्रममा शव देखेपछि स्थानीय प्रहरी चौकी शान्तिघाटमा खबर गरेका थिए ।  अहिले मृतकको शव प्रहरीले जिल्ला अस्पतालको शव गृहमा ल्याएर राखेको छ ।

मिर्चैयामा बेवारिसे पुरुषको शव भेटियो

सिराहाको मिर्चैया नगरपालिका ७ स्थित जंगलमा करिब ४० वर्षीय पुरुषको बेवारिसे शव भेटिएको छ। जिल्ला प्रहरी कार्यालय सिरहका अनुसार मिर्चैया ७ स्थित जंगलको फगोलेको रुखमा झुन्डिएको अवस्थामा भेटिएको शव घटनास्थल...

गुल्मीमा रुखमा झुण्डिएको बेवारिसे शव भेटियो

५ मंसिर, गुल्मी । गुल्मी जिल्लाको कालीगण्डकीमा खन्युको रुखमा अड्किएको अबस्थामा बेवारिसे शव फेला परेको छ । जिल्ला कालीगण्डकी गाउँपालिका–२ अर्बेनीस्थित कालीगण्डकी नदी पश्चिमतर्फ रहेको खन्युको रुखमा अड्किएको अबस्थामा बेवारिसे शव फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक (एसपी) गोपालचन्द्र भट्टराईले बताए । फेला परेको शव शरीरको कम्मरमा सेतो कछाड बेरेको र सडे गलेको […]

डिएनए रिपोर्ट नआउँदा महिनौदेखि थन्कियो बेवारिसे शव

यही जेठ ७ गते तातोपानी गाउँपालिका ५ श्रीनगर स्थित चौर भन्ने ठाउँमा तिला नदिको छालमा एक सडेको अवस्थामा शव भेटियो। प्रहरीले त्यो शवलाई निकाले। त्यो शवमा मासु सबै नष्ट भइसकेको थियो। हड्डी मात्र बाँकी थियो। शव नचिनिने अवस्थामा थियो। शवको लम्बाइ, चौडाइ,उचाइ र ...

सेती नदीमा बेवारिसे शव भेटियो

विमल विष्ट, डोटी । डोटीको शिखर नगरपालिका–६ अणिउल स्थित सेती नदीमा एक बेवारिसे शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा एसपी दानबहादुर मल्लले सेती नदीमा शव तैरिइ रहेको भन्ने खबर पाएपछि उक्त क्षेत्रमा प्रहरी टोली खटिएको बताउनुभयो । उहाँले भन्नुभयो, “बेवारिसे सव तैरिइरहेको खबर पाएपछि हाम्रो टोली त्यसतर्फ गएको छ, कालगतीले […]

नहरमा बेवारिसे शव भेटियो

कञ्चनपुर ।  भीमदत्त नगरपालिका–५ महाकाली सिँचाइको उत्तरतर्फको नहरमा आज अन्दाजी ४० वर्षीय युवकको शव बेवारिसे अवस्थामा फेला परेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीका अनुसार नहर किनारामा पानीमा दुवै खुट्टाको घुँडा खुम्चिएर जमिन टेकिइ दुवै हात र टाउको समेत नहरको जमिनमा टेकिएको हिलो माटो लागेको अवस्थामा शव फेल परेको […]

बेवारिसे शव भेटियो

कञ्चनपुर : भीमदत्त नगरपालिका–५ महाकाली सिचाईको उत्तरतर्फको नहरमा शुक्रबार अन्दाजी ४० वर्षीय पुरुषको शव फेला परेको छ।जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमर बहादुर थापा क्षेत्रीका अनुसार नहरको किनारामा पानीमा शव फेल परेको हो।‘पानीले भिजेर चाउरी परेको लेउ लागेको अवस्थमा शव फेला परेको छ’ उनले भने,‘शवको सनाखत हुन सकेको छैन।’ प्रहरीले घट्नास्थलमा लाश जाँच मुचुल्का गरी शव परीक्षणका लागि महाकाली अस्पताल राखिएको छ।