काठमाडौं: भाइबर साइमन(साइमन बिष्ट) हिपहप सङ्गीतको रियालिटी शो ‘नेपहपको श्रीपेच’का विजेता घोषित भएका छन्। शनिवार भएको ग्राण्ड फिनालेमा अन्य चार प्रतिस्पर्धीलाई उछिन्दै मोरङका उनले उपाधि हात पारेका हुन्।
फिनालेमा भाइबरसँगै काठमाडौँका बाबु बिलिभर, नवलपरासीका एमसी किङ्ग, पोखराका जेनिस क्षेत्री र झापाका विशेष भट्टराई भिडेका थिए।
उपाधि जितेसँगै भाइबरले नगद १० लाख रुपैयाँ पुरस्कार…