बाली बीमा, अनुदान प्रणाली तथा उत्पादन मूल्य शृङ्खलामा आवश्यक नीति तयार गरिने

काठमाण्डाै - राष्ट्रिय कृषि नीति अनुसन्धान केन्द्रले बालीको बीमा, अनुदान प्रणाली तथा उत्पादनको मूल्य शृङ्खलासहित विभिन्न क्षेत्रमा आवश्यक नीति तयार गर्ने भएको छ । पछिल्लो समय बाली बीमा, अनुदान प्रणाली, मूल्य शृङ्खला, प्रविधि अनुसरण तथा यसको प्रभाव र सामाजिक आर्थिक पक्ष जस्ता विषयमा चासो बढेको भन्दै केन्द्रले आवश्यक थप नीति बनाएर सरकारलाई निचोडका रुपमा दिने भएको हो । अर्थतन्त्रको मुख्य आधार नै कृषि क्षेत्र भएकाले यसमा देखिएका समस्या तथा चुनौतीको पहिचान गरी आवश्यक नीति बनाउने र भएका नीतिलाई परिमार्जन गर्न लागेको केन्द्रका प्रमुख...