काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले संघीय शिक्षा ऐन जारी भएपछि स्थानीय तहमा अन्य शिक्षकहरूको जस्तै मातृभाषा पढाउने शिक्षकको दरबन्दी सिर्जना हुने बताएका छन्।बुधबार किरात राई यायोक्खाले मातृभाषाको शिक्षक दरबन्दी र पाठ्यपुस्तक छपाइ सम्बन्धमा ज्ञापनपत्र बुझाएपछि मन्त्री राईले यस्तो बताएका हुन्।किरात राईभित्रका विभिन्न भाषागत संगठनसहितले बुझाएको ज्ञापनपत्रमा मातृभाषामा शिक्षा पाउने व्यवस्था संविधानमै रहेकाले मातृभाषा शिक्षकहरूको तलब अन्य विषयको शिक्षकहरूको जस्तै सं