नेपालीमा पनि प्रश्नपत्र छाप्नका लागि पहल गर्छु : शिक्षामन्त्री राई

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले त्रिभुवन विश्वविद्यालयले लिने परीक्षामा अंग्रेजीसँगै नेपाली भाषामा पनि प्रश्नपत्र छाप्ने व्यवस्थाकाे लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन्।मंगलबार प्रतिनिधिसभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सुमना श्रेष्ठको प्रश्नको जवाफ दिँदै विश्वविद्यालयका पदाधिकारीहरूसँग छलफल गरी यसको समाधान गर्ने प्रतिबद्धता जनाएका हुन्। सांसद श्रेष्ठले अंग्रेजीमा मात्रै प्रश्न छाप्दा विद्यार्थीहरूलाई समस्या भएको भन्दै यसको समा