काठमाडौं,२० कार्तिक । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई फ्रान्सको राजधानी पेरिस प्रस्थान गरेका छन् । उनी कतारको राजधानी दोहा हुँदै पेरिस प्रस्थान गरेका हुन् । पेरिसमा हुन लागेको युनेस्कोको ४२ औं महासभामा भाग लिन मन्त्रीसँगै मन्त्रालयका उपसचिव प्रकाश सापकोटा पनि पेरिस गएको मन्त्रालयले जनाएको छ ।