ठूला करदाता कार्यालयमा शिवलाल तिवारी, यसअघि थिए राजस्व अनुसन्धानको उपमहानिर्देशक

काठमाडौं। अर्थमन्त्रालयले ठूला करदाता कार्यालयमा सहसचिव शिवलाल तिवारीलाई पठाएको छ। तीन महिनादेखि प्रमुखविहीन रहेको यो कार्यालयमा तिवारीलाई जिम्मेवारी दिइएको

सम्बन्धित सामग्री

नेपालमा स्थायी लेखा नम्बर लिने करदाता ५५ लाख २५ हजार

एउटा ठूला करदाता कार्यालय, एउटा मध्यमस्तरीय करदाता कार्यालय, ४३ वटा आन्तरिक राजस्व कार्यालय र ३९ वटा करदाता सेवा कार्यालय

कर नतिरी वार्षिक ४० लाखभन्दाबढी आम्दानी गर्नेलाई पहिचान गर्न विभागको निर्देशन

काठमाडौं । आन्तरिक राजस्व विभागले वार्षिक ४० लाख वा सो भन्दाबढी आम्दानी गरेका तर कर नतिरेकाहरुको पहिचान गर्न मातहतका कार्यालयलाई निर्देशन दिएको छ । आन्तरिक राजस्व विभागले ठूला करदाता कार्यालय,मध्यमस्तरीय करदाता कार्यालय, आन्तरिक राजस्व कार्यालयहरु र करदाता सेवा कार्यालयलाई पत्र लेखेर वार्षिक ४० लाख वा सो भन्दा बढी आय भएपनि न्यून अग्रिम कर कट्टी गर्नेहरुमाथि […]

४० लाखभन्दा बढी आय भएपनि कम कर तिर्ने करदातामाथि निगरानी बढाइने

३२ जेठ, काठमाडौं । वार्षिक ४० लाख रुपैयाँ भन्दा बढी आय गरेपनि कम कर तिर्ने करदातामाथि कर कार्यालयहरुले निगरानी बढाउने भएका छन् । आन्तरिक राजस्व विभागले ठूला करदाता कार्यालय, मध्यमस्तरीय करदाता कार्यालय, आन्तरिक राजस्व कार्यालयहरु र …

असार मसान्त भित्रै तेस्रो किस्ताको कर तिर्न सरकारको आग्रह

सरकारले आयकरको तेस्रो किस्ता वापतको कर तथा विवरण दाखिला असार मसान्त भित्र नै गर्न ताकेता गरेको छ । अर्थ मन्त्रालय अन्तर्गतको आन्तरिक राजश्व विभागले आर्थिक वर्ष ७७/७८ को आयकरको तेस्रो किस्ता वापतको कर तथा विवरण दाखिला असार मसान्त भित्र नै गर्न आग्रह गरेको हो । विभागले  आयकर ऐन, २०५८ (सं.स.) को दफा ९४ को उपदफा (१) वमोजिम आय बर्ष २०७८/७९ को आयकरको किस्ता रकम दाखिला गर्नुपर्ने करदाताहरूले दफा ९५ वमोजिम आय वर्ष २०७८/७९ को कारोवारको अनुमानित करको विवरण र सो विवरण अनुसार तिर्नुपर्ने आयकरको तेस्रो किस्ता वा सतप्रतिशत रकम मध्ये तिर्न बांकी कर रकम यहि २०७९ असार मसान्तभित्रै तिर्न आग्रह गरेको हो । विभागले ठूला करदाता कार्यालय वा मध्यमस्तरीय करदाता कार्यालय वा सम्वन्धित आन्तरिक राजस्व करदाता सेवा कार्यालयमा कर दाखिला गर्न भनेको छ ।सूचनामा भनिएको छ ' आयकर ऐन, २०५८ (सं.स.) को दफा ९४ को उपदफा (१) वमोजिम आय बर्ष २०७८/७९ को आयकरको किस्ता रकम दाखिला गर्नुपर्ने करदाताहरूले दफा ९५ वमोजिम आय वर्ष २०७८/७९ को कारोवारको अनुमानित करको विवरण र सो विवरण अनुसार तिर्नुपर्ने आयकरको तेस्रो किस्ता वा सतप्रतिशत रकम मध्ये तिर्न बांकी कर रकम यहि २०७९ असार मसान्तभित्रै ठूला करदाता कार्यालय वा मध्यमस्तरीय करदाता कार्यालय वा सम्वन्धित आन्तरिक राजस्व करदाता सेवा | कार्यालयमा दाखिला गर्नुहुन जानकारी गराइएको छ ।'

पुस मसान्तभित्र आयकर बुझाउन सरकारको ताकेता

काठमाडौं । सरकारले चालु आर्थिक वर्षको पहिलो किस्ता वापतको आयकर पुस मसान्तभित्र दाखिला गर्न ताकेता गरेको छ । आन्तरिक राजश्व विभागले आर्थिक वर्ष ०७८/०७९ को आयकरको पहिलो किस्ता वापतको कर तथा विवरण यही महिनाको मसान्तसम्म बुझाउन ताकेता गर्दै सूचना जारी गरेको हो । विभागले ठूला करदाता कार्यालय, मध्यमस्तरीय करदाता कार्यालय, सम्बन्धित आन्तरिक राजस्व कार्यालय र […]

पुस मसान्तभित्र ४० प्रतिशत कर बुझाउन सरकारको आग्रह

सरकारले आर्थिक वर्ष ७८/७९ को आयकरको पहिलो किस्ता वापतको कर तथा विवरण पुस मसान्तसम्म दाखिला गर्न ताकेता गरेको छ । अर्थ मन्त्रालय अन्तर्गतको आन्तरिक राजश्व विभागले आर्थिक वर्ष ७८/७९ को आयकरको पहिलो किस्ता वापतको कर तथा विवरण पुस मसान्तसम्म दाखिला गर्न आग्रह गरेको हो ।  विभागले ठूला करदाता कार्यालय वा मध्यमस्तरीय करदाता कार्यालय वा सम्वन्धित आन्तरिक राजस्व कार्यालय वा करदाता सेवा कार्यालयमा कर वापतको रकम दाखिला गर्नको लागि सार्वजनिक सूचना जारी गरेको छ । आयकर ऐन, २०५८ (संशोधन सहित) को दफा ५४ को उपदफा (१) वमोजिम आ.व. २०७८/७९ को आयकरको किस्ता रकम दाखिला गर्नुपर्ने करदाताहरुले दफा ५५ वमोजिम आर्थिक वर्ष २०७८/७९ को कारोवारको अनुमानित करको विवरण र सो विवरण अनुसार तिर्नुपर्ने आयकरको पहिलो किस्ता वापतको चालीस प्रतिशतले हुने रकम यहि २०७८ पौष मसान्तभित्रै ठूला करदाता कार्यालय वा मध्यमस्तरीय करदाता कार्यालय वा सम्वन्धित आन्तरिक राजस्व कार्यालय वा करदाता सेवा कार्यालयमा कर वापतको रकम दाखिला गर्नको लागि विभागले सार्वजनिक सूचना जारी गरेको हो।

आन्तरिक राजस्व विभागमा कार्यसम्पादन सम्झौता

काठमाडौं (अस) । आन्तरिक राजस्व विभागले उपमहानिर्देशक र निर्देशकहरूसँग कार्य सम्पादन सम्झौता गरेको छ । बजेट कार्यान्वयनमा प्रभावकारिता ल्याउने उद्देश्यले अघिल्लो सरकारले शुरू गरेको कार्यसम्पादन सम्झौताको प्रभावकारितामा प्रश्न उठिरहेका बेला बिहीवार राजधानीमा आयोजित कार्यक्रममा नवनियुक्त महानिर्देशक शोभाकान्त पौडेलले विभागका उपमहानिर्देशक र निर्देशकहरूबीच आर्थिक वर्ष २०७८÷७९ का लागि कार्यसम्पादन सम्झौता गरे । अर्थ मन्त्रालयको वार्षिक नीति र कार्यक्रम तथा आन्तरिक राजस्व विभाग र मातहतका ठूला करदाता कार्यालय, मध्यमस्तरीय करदाता कार्यालय, देशभरि रहेका आन्तरिक राजस्व कार्यालयहरू तथा करदाता सेवा कार्यालयहरूले वार्षिक सम्पादन गर्नुपर्ने कामसमेत समावेश गरी कार्यसम्पादन सम्झौता गरिएको विभागले जानकारी दिएको छ । कार्यसम्पादन सम्झौतामा वार्षिक क्रियाकलाप, परिमाणात्मक रूपमा उल्लेख गरिएको उपलब्धिसूचक, मूल्यांकनका आधार तथा कार्यसम्पादन गर्नुपर्ने समयसीमा समेत उल्लेख गरिएको छ । यसबाट विभागका निर्देशकहरूको कार्यसम्पादन मूल्यांकन वस्तुनिष्ठ र यथार्थपरक हुने बताइएको छ । यसले कर्मचारीलाई थप जिम्मेवार र जवाफदेही बनाउन मद्दत पुग्ने विभागको भनाइ छ । यस्तै प्रकारको सम्झौता देशभर रहेका आन्तरिक राजस्व कार्यालय तथा करदाता सेवा कार्यालयका प्रमुखहरूसँग समेत गरिने विभागका अधिकारीहरू बताउँछन् । यसअघि अर्थसचिव र आन्तरिक राजस्व विभागमा महानिर्देशक तथा महानिर्देशक र उपमहानिर्देशकबीच यस्तै प्रकारको वार्षिक कार्यसम्पादन सम्झौता सम्पन्न भइसकेको छ । विभागका नीति विश्लेषण तथा व्यवस्थापन महाशाखाका प्रमुख मुक्तिप्रसाद पाण्डे, सञ्चालन महाशाखा प्रमुख आनन्द काप्mले, अन्तःशुल्क तथा अनुसन्धान महाशाखा प्रमुख शम्भुप्रसाद मरासिनी र सूचनाप्रविधि विज्ञ रमेश शर्मा पौडेलले कार्यसम्पादन सम्झौता गरे ।

करदाताले अन्तःशुल्कको इजाजत अनलाइनबाट नवीकरण गर्न पाउने

काठमाडौं । अब करदाताले अन्तःशुल्कको इजाजत नवीकरण अनलाइन प्रणालीमार्फत आफैं गर्न सक्ने भएका छन् । आन्तरिक राजस्व विभागले अनलाइन सेवामार्फत करदाता आफैले विद्युतीय माध्यामबाट अन्तःशुल्क इजाजतपत्र नवीकरण गर्ने प्रणाली कार्यान्वयनमा ल्याएको हो । आन्तरिक राजस्व विभागले ठूला करदाता कार्यालय, मध्यमस्तरीय करदाता कार्यालय, आन्तरिक राजस्व कार्यालय र करदाता सेवा कार्यालयहरूलाई परिपत्र गर्दै अन्तःशुल्कको नवीकरण अनलाइन प्रणालीमार्फत […] The post करदाताले अन्तःशुल्कको इजाजत अनलाइनबाट नवीकरण गर्न पाउने appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.