पोल्याण्डकी क्यारोलिना बिलाविस्का मिस वर्ल्डको ७० औं संस्करणकी बिजेता बनेकी छिन् । कार्यक्रम प्योर्टो रिकोमा आयोजना भएको थियो । उनी मिस वर्ल्स २०२१ की बिजेता हुन् ।ताज पहिराउने कार्यक्रम प्योर्टो रिकोको सान जुआन कोका कोल म्युजिक हलमा आयोजना भएको थियो । क्यारोलिना मिस वर्ल्डकी बिजेता बनिराख्दा युनाइटेड स्टेट्सकी श्री साइनी फर्स्ट रनर अप भइन् भने कोट डी आइवरकी ओलिभिया येश सेकेन्ड रनर अप भइन् ।जमाइकाकी टोनी एन सिङले मार्च १७ मा आफ्नो उत्तराधिकारीको रुपमा क्यारोलिना बिलाविस्कालाई ताज पहिराइन्