नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको राजनीति धेरै अप्ठेरो मोडमा पुगिसकेको र यसलाई सच्याउन कठिन रहेको बताएका छन् ।
एमालेकै नेताहरूका कारण अहिलेको अवस्था सिर्जना भएको र यसलाई सच्याउन जटिल रहेको ओलीको भनाइ थियो ।
अखिल नेपाल महिला संघको बैठकलाई आइतवार भर्चुअल माध्यमबाट सम्बोधन गर्दै ओलीले माधव नेपालको नामै नलिई पार्टीभित्रकै केही तत्त्व सरकार ढालेर प्रतिगमन गराउन सफल भएको आरोप लगाएका हुन् ।
ओलीले सर्वोच्च अदालतबाट प्रधानमन्त्री नियुक्त हुने व्यवस्थालाई प्रतिगमनको संज्ञा दिएका हुन् ।
&ls...