असोज १०, काठमाडौं । अरुण भ्याली हाइड्रोपावर कम्पनीको लाभांश सुरक्षित गर्ने आज (आइतवार) अन्तिम दिन रहेको छ ।
कम्पनीले लाभांश वितरण र साधारण सभा प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका सोमवार अर्थात् असोज ११ गतेदेखि १४ गतेसम्म बन्द गर्ने भएकोले असोज आइतवारसम्म कायम शेयरधनीले लाभांश र साधारण सभामा भाग लिन पाउनेछन् ।
कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र शून्य दशमलव ५२६ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने निर्णय गरेको छ ।
त्यसैगरी कम्पनीले १० प्रतिशत बोनस शेयर वितरण पछि कायम हुने चुक्तापूँजीको ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पनि गरेको छ । उक्त प्रस्ताव पारित गर्न कम्पनीले असोज २४ गते साधारण सभा आयोजना गरेको छ ।
कम्पनीले सभा थापाथलीस्थित ट्रेड टावर नेपालको दोस्रो तलामा बिहान ११ बजे भर्चुअल माध्यमबाट शुरु गर्ने जानकारी दिएको छ ।