एनसेलले ९०० र २१०० व्याण्डको फ्रिक्वेन्सी पाउने

एनसेलले समझदारीमै ९०० र २१०० व्याण्डको फ्रिक्वेन्सी पाउने भएको छ । यसका लागि नेपाल दूरसञ्चार प्राधिकरणले बोर्डमा पेस गर्ने जनाएको छ । प्राधिकरणले विज्ञप्ति जारी गर्दै नियामकले दूरसञ्चार सेवाको रेडियो फ्रिक्वेन्सी (बाँडफाँड तथा मूल्य) सम्बन्धी नीति, बिडिङ डकुमेन्टको प्रावधान तथा सार्वजनिक खरिद ऐनअनुसार समझदारीमा मूल्य निर्धारण गरी फ्रिक्वेन्सी दिने तयारी भएको जनाएको छ ।

सम्बन्धित सामग्री

टेलिकमबाट ‘फाइभजी’ परीक्षण थाल्ने निर्णय

१५ चैत, काठमाडौं । नेपालमा सरकारी स्वामित्वको नेपाल टेलिकमले पहिलोपटक फाइभजी परीक्षणको अनुमति पाउने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङ अध्यक्ष रहेको रेडियो फ्रिक्वेन्सी निर्धारण समितिले टेलिकममार्फत फाइभजी परीक्षणको थाल्ने निर्णय गरेको …

स्थानीय विकासका लागि रेडियो

अहिले धेरै अधिकार स्थानीय तहमा गएको अवस्थामा स्थानीय तहका गतिविधि नागरिकसामु पु¥याउनका लागि स्थानीय एफएम रेडियोले विशेष भूमिका खेल्न सक्छन् । तिनले स्थानीय तहले गरेको कामको निरन्तर निगरानी गर्ने र स्थानीय तहलाई सही दिशामा लैजान सक्छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अनुसार अहिले देशभर सात सय १६ एफएम रेडियो सञ्चालनमा छन् भने त्यसमध्ये ३८५ सामुदायिक रेडियो छन् । स्थानीय सुशासन कायम गर्न सबैभन्दा ठूलो भूमिका सूचनाको नै हुन्छ । सूचनाले कहाँ अनियमितता भयो र कहाँबाट के–के सेवा दिइँदै छ भन्ने जानकारी प्राप्त हुन्छ । नागरिकलाई सरकारले दिने सुविधा कहाँबाट कति पाइन्छ, स्थानीय निकायमा आउने बजेट तथा योजनाको जानकारी सूचनाबाटै थाहा पाएर नागरिकले त्यसमा निगरानी राख्न सक्छन् । फागुन १ गते अर्थात् फेबु्रअरी १३ तारिख पर्ने विश्व रेडियो दिवसका अवसरमा सप्ताहव्यापी कार्यक्रम भइरहेका छन् । देशभरि सञ्चालनमा रहेका रेडियोमा करिब आठ हजार रेडियोकर्मी संलग्न छन् । कोही उत्पादन प्रसारण, कोही व्यवस्थापन त कोही प्रविधिमा काम गरिरहेका छन् । पूर्णकालीन र आंशिकको हिसाब गर्ने हो भने प्रायः सबै स्थानीय तहमा रेडियोकर्मी छन् । विश्वमा सबैभन्दा धेरै मानिसको पहुँचमा पुग्न सफल, सरल र भरपर्दो प्रसारण माध्यम रेडियो नेपालको भौगालिक अवस्था र जीवनशैली सुहाउँदो छ । भौगोलिक विकट ठाउँमा पनि अहिले स्थानीय एफएम रेडियोको माध्यमले सजिलै सूचना पुगिरहेको छ । नेपालका ७७ जिल्लामा एफएम रेडियो पुगेको छ भने सबै क्षेत्रमा रेडियोको प्रसारण सुन्न सकिन्छ । नेपालमा एफएम रेडियोको विकासले विश्वलाई नै नमुना प्रस्तुत गरेको छ । रेडियो प्रसारणका लागि एफएम फ्रिक्वेन्सी मोड्युलेसन (एफएम) प्रविधि अन्य प्रणालीको तुलनामा सस्तो र प्रभावकारी भएकाले नेपालमा यसको विकास सहज भएको हो । स्थानीय तहमार्फत नागरिकले पाउने सेवा, त्यसको मापदण्ड, ऐन कानुन, नीति, बजेट र योजनाबारे जानकारी गराउन एफएम रेडियो प्रभावकारी माध्यम हुन सक्छन् । नागरिकले आफूले सेवा–सुविधा पाए–नपाएको, बजेट तथा योजना कार्यान्वयनमा आए–नआएको रेडियोमार्फत नै भन्ने गरेका छन् । कसरी सरकारले स्थानीय तहमा काम गर्छ र कसरी निर्णय लिन्छ, त्यसलाई कसरी कार्यान्वयनमा ल्याउँछ, त्यसमा को–को सहभागी हुन्छन् भन्नेजस्ता स्थानीय सुशासनका विषयको जानकारी गराउन स्थानीय रेडियोले प्रभावकारी काम गर्न सक्छन् ।

९०० र २१०० व्याण्डकाे फ्रिक्वेन्सी एनसेलले पाउँदै

काठमाडौं । एनसेलले समझदारीमै ९०० र २१०० व्याण्डकाे फ्रिक्वेन्सी पाउने भएकाे छ । यसका लागि नेपाल दूरसञ्चार