मेस्सीको पारिश्रमिक बार्सिलोनामा भन्दा निकै कम, पीएसजीले एक सीजनको करिब ५ अर्ब रुपैयाँ दिने

एजेन्सी।बार्सिलोना छाडेका अर्जेन्टिनी स्टार लियोनल मेस्सी फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन(पीएसजी)सँग औपचारिक रुपमा आबद्ध भएका छन्।मेस्सीसँग पीएसजीले दुई वर्षको सम्झौता गरेको छ।र, उनी अब ३० नम्बर जर्सीमा मैदानमा देखिने छन्।बार्सिलोनामा जुन पारिश्रमिक उनले पाइरहेका थिए पीएसजी जाँदा त्योभन्दा निकै कममा उनले सम्झौता गरेका छन्।उनले पीएसजीबाट एक सीजनमा ४ करोड १० लाख अमेरिकी डलर(करिब ५ अर्ब रुपैयाँ) पारिश्रमिक पाउने छन्।

सम्बन्धित सामग्री

सिटिजन लाइफ इन्स्योरेन्सको विशेष साधारणसभा आह्वान

सिटिजन लाइफ इन्स्योरेन्सले विशेष साधारणसभा आह्वान गरेको छ। कम्पनीले साउन ६ गते होटेल हिमालयन कुपन्डोलमा सभा आह्वान गरेको हो ।सभामा पुँजी वृद्धि प्रस्ताव पेश हुने छ। सभामा नियामक निकायले तोके बमोजिम कम्पनीको अधिकृत तथा जारी पूँजी वृद्धि गर्ने प्रस्ताव पेश हुने छ। त्यस्तै कम्पनीको पूँजी वृद्धि एवं अन्य व्यवस्थाहरु समेत समावेश गरी प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने र सो संशोधनमा नियमनकारी निकायबाट कुनै सुझाव वा निर्देशन भएमा सो लाई समावेश गर्नको लागि सञ्चालक नियामकीय निर्देशन तथा समयानुकूल पूँजी वृद्धिको आवश्यकतालाई दृष्टिगत गरी भविष्यमा अन्य कुनै जीवन बीमा कम्पनीसँग एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ति गर्ने प्रयोजनको लागि उपयुक्त जीवन बीमा कम्पनीको पहिचान तथा छनौट गर्ने, समझदारीपत्रमा हस्ताक्षर गर्ने, सोको आधारमा सैद्धान्तिक स्वीकृतिका लागि बीमा समिति समक्ष निवेदन दिने, आवश्यकता अनुसार सम्पत्ति तथा दायित्वको मूल्याङ्कन गर्न परामर्शदाता, मूल्याङ्कनकर्ता तथा लेखापरीक्षकहरु नियुक्त गर्ने, निजहरुको पारिश्रमिक तोक्ने तथा कम्पनी एकआपसमा गाभ्ने/गाभिनेसँग सम्बन्धित प्रचलित नियम, कानून तथा निर्देशनहरु बमोजिम अपनाउनु पर्ने तथा गर्नुपर्ने सम्पूर्ण आवश्यक कार्य एवं प्रक्रियाहरु पूरा गरी अख्तियार प्राप्त निकायबाट अन्तिम स्वीकृति लिने तथा सो सन्दर्भमा नियामक निकायहरुले निर्देशन गरे बमोजिम विवरणहरु उपलब्ध गराउने लगायतका कम्पनी गाभ्ने/गाभिने सम्बन्धी अन्य आवश्यक कार्य गर्न गराउन सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने प्रस्ताव पेश हुने छ।सभामा सञ्चालक समिति सदस्यहरुको निर्वाचन गर्ने प्रस्ताव पनि पेश हुने छ । कम्पनीले हालसम्म आईपिओ निष्काशन गरेको छैन ।  बीमा समितिले  आगामी चैत मसान्तभित्र जीवन बीमा कम्पनीले ५ अर्ब चुक्ता पुँजी पुर्याउनु पर्ने निर्देशन जारी गरेको छ । त्यस्तै निर्जीवन बीमा कम्पनीले २ अर्ब ५० करोड पुँजी पुर्याउनु पर्न  छ ।

मर्जमा जान सानिमा जनरल इन्स्योरेन्सको विशेष साधारणसभा आह्वान, को हो पार्टनर ?

सानिमा जनरल इन्स्योरेन्सले विशेष साधारणसभा आह्वान गरेको छ। कम्पनीले असार १५ गते बिहान १० बजेको लागि विशेष साधारणसभा  आह्वान गरेको हो।  विशेष साधारणसभामा एक मात्र प्रस्ताव पेश हुने छ । सभामा 'कम्पनीले भविष्यमा कुनै निर्जीवन बीमा कम्पनीसँग एक आपसमा गाभ्ने गाभिने (Merger) तथा प्राप्ति (Acquisition) गर्ने सम्बन्धी निर्णय गर्न तथा तत् सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गर्न, चलअचल सम्पत्ति र दायित्व मुल्याउन (Due Diligence Audit) गर्नको लागि मान्यता प्राप्त मुल्याङ्कनकर्ता नियुक्त गर्न, निजको पारिश्रमिक तोक्न लगायतका मर्जर सम्बन्धी सम्पूर्ण अन्य आवश्यक प्रक्रिया पुरा गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने सम्बन्धी' प्रस्ताव पेश हुने छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि असार ८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । असार ७ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् । कम्पनीले मर्जर सम्झौतामा हस्ताक्षर गर्ने बाटो खुलाउन नै विशेष साधारणसभा आह्वान गरेको हो ।  बीमा समितिले बीमा कम्पनीहरुको चुक्तापुँजी वृद्धि योजना ल्याएपछि झन्डै डेढ दर्जन कम्पनीहरु मर्जर तथा प्राप्तिमा जाने सम्भावना बढेको छ। तोकिएको पूंजी पुर्याउनलाई हकप्रदलाई अन्तिम विकल्पको रुपमा अगाडी सारीएपछि धेरै कम्पनीहरुले मर्जरको बाटो रोज्न बाध्य भएका हुन्।सानिमा जनरल इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्सबीच मर्जर सम्झौता हुन सक्ने बजार चर्चा छ । सरकारी र बिदेशी स्वामित्वका बाहेकका बीमा कम्पनीले बीमा समितिमा पूंजी वृद्धि योजना पेश गरिसकेका छन्। जसमा अधिकांश कम्पनीहरुले तोकिएको चुक्तापुंजी पुर्याउनका लागि बोनस, हकप्रद र मर्जर तथा प्राप्तिको विकल्प अगाडी सारेका छन्।बीमा समितिले २०७९ चैत चैत मसान्तभित्रमा निर्जीवन बीमा कम्पनीलाई साढे २ अर्ब र जीवन बीमा कम्पनीलाई ५ अर्ब चुक्तापुंजी पुर्याउनु पर्ने ब्यबस्था गरेको छ।

सन नेपाल लाइफको चौथौ वार्षिक साधारण सभा शुक्रवार हुदै

बैशाख ९, काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले चौथौ वार्षिक साधारण सभा बैशाख ९ गते शुक्रवार हुनभएको छ । सभा हायात प्लेस रेडक्रस रोड ताहाचलमा अपरान्ह ४ बजे शुरु हुने जानकारी दिएको छ । सभाले कम्पनीको पूँजी वृद्धि गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । बीमा समितिले जीबन बिमा कम्पनीको चुक्ता पूँजी रू. ५ अर्ब पु¥याउन निर्देशन दिएसँगै सोही अनुसार पूँजी वृद्धि प्रस्ताव राखेको हो । कम्पनीले अव सोही पूँजीको आधारमा आईपीओ निष्कासन गर्नेछ । साथै सभाले प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने प्रस्ताव पनि पारित गर्नेछ । त्यसैगरी सभाले आव २०७६ ÷७७ को वार्षिक प्रतिवेदन छलफल गरि पारित गर्ने र आव २०७७÷७८ को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । संञ्चालक समितिमा संस्थापक शेयरधनीबाट प्रतिनिधित्व गर्ने४ जना र सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

सगरमाथा इन्स्योरेन्सको २५औं साधारण सभा वैशाख २८ गते, २१.०५% लाभांश प्रस्ताव

वैशाख ७, काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले २५औं वार्षिक साधारण सभा वैशाख २८ गते गर्ने भएको छ ।  कम्पनीको वैशाख ५ गते बसेको सञ्चालक समितिको बैठकले सभा लैनचौर व्यङ्क्वेट, लैनचौरमा बिहान १०:३० बजे शुरु गर्ने निर्णय गरेको हो ।  सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम २० प्रतिशत बोनस शेयर र १ दशमलव शून्य ५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । कम्पनीको अधिकृत पूँजी वृद्धि गरेर ५ अर्ब पुर्‍याउने, निर्जीवन बीमा व्यवसाय गर्ने उपयुक्त कम्पनीसँग गाभ्ने गाभिने वा प्राप्ति गर्ने सम्बन्धी सञ्चालक समितिलाई दिइएको सम्पूर्ण अधिकारलाई निरन्तरता दिने, स्वतन्त्र सञ्चालकको नियुक्ती अनुमोदन गर्ने लगायतका प्रस्ताव सभाको लागि तय भएका छन् ।  साथै, सभाले आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।  साधारण सभा तथा लाभांश प्रयोजनका वैशाख १६ गतेदेखि २८ गतेसम्म बुक क्लोज गर्ने तयारी कम्पनीको छ । बुक क्लोजको अघिल्लो दिनसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

सन नेपाल लाइफको चौथौ वार्षिक साधारण सभा वैशाख ९ गते

वैशाख २, काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले चौथौ वार्षिक साधारण सभा वैशाख ९ गते गर्ने भएको छ । सभा हायात प्लेस रेडक्रस रोड ताहाचलमा अपरान्ह ४ बजे शुरु हुने जानकारी दिएको छ । सभाले कम्पनीको पूँजी वृद्धि गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । बीमा समितिले जीवन बीमा कम्पनीको चुक्ता पूँजी रू. ५ अर्ब पुर्‍याउन निर्देशन दिएसँगै सोही अनुसार पूँजी वृद्धि प्रस्ताव राखेको हो । कम्पनीले अव सोही पूँजीको आधारमा आईपीओ निष्कासन गर्नेछ । साथै सभाले प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने प्रस्ताव पनि पारित गर्नेछ । त्यसैगरी सभाले आव २०७६/७७ को वार्षिक प्रतिवेदन छलफल गरि पारित गर्ने र आव २०७७/७८ को लागि लेखापरीक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । सञ्चालक समितिमा संस्थापक शेयरधनीबाट प्रतिनिधित्व गर्ने४ जना र सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

आईपीओ जारी गर्ने प्रस्ताव सहित नागरिक स्टक डिलरद्वारा साधारण सभा आह्वान

मंसिर २६, काठमाडौं । सर्वसाधारणमा आईपीओ जारी गर्ने प्रस्ताव सहित नागरिक स्टक डिलर कम्पनीले पुस २३ गते दोस्रो वार्षिक साधारण सभा आह्वान गरेको छ । धितोपत्र व्यापारीको काम गर्ने गरी नेपाल धितोपत्र बोर्डको अनुमति पाएको यस कम्पनीले सर्वसाधारणमा जारी पू्ँजीको ३० प्रतिशतले हुन रू. १ अर्ब ५० करोड बराबरको १ करोड ५० लाख कित्ता आईपीओ जारी गर्ने तयारी गरेको हो । कुल कित्ताशेयरमध्य कम्पनीले २ प्रतिशत कर्मचारीहरुका लागि र ५ प्रतिशत सामूहिक लगानीकोषका लागि सुरक्षित गर्नेछ । यस कम्पनीमा नागरिक लगानीकोषसँगै नेपाल पुनर्बीमा कम्पनी र नेपाल दूरसञ्चार कम्पनीको समेत शेयर स्वामित्व रहेको छ । रू. ५ अर्ब पूँजीको यो कम्पनीमा नागरिक लगानीकोषको ५१ प्रतिशत, नेपाल पुनर्बीमा कम्पनीको १० प्रतिशत र नेपाल दूरसञ्चार कम्पनीको ९ प्रतिशत शेयर स्वामित्व रहेको छ । सर्वसाधारणतर्फ ३० प्रतिशत शेयर स्वामित्व रहने गरी आगामी दिनमा शेयर जारी गर्ने योजना पनि कम्पनीको छ । नागरिक लगानीकोषको सहायक कम्पनीको रुपमा रहेको यस कम्पनीले कोषको भवन, नयाँ बानेश्वरमा अपरान्ह ३:३० बजे सभा गर्ने भएको हो । सभाले आईपीओ प्रस्ताव सहित गत आर्थिक वर्ष ०७७/७८ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारण समेत गर्नेछ । साथै संस्थापक समूहबाट सञ्चालकहरु मनोनय तथा निर्वाचन गर्ने कार्यक्रम पनि सभाका लागि तय भएको छ । सभाले सञ्चालकहरुको पारिश्रमिक, भत्ता एवम् सुविधालाई निर्धारण समेत गर्नेछ ।

प्रारम्भिक बाल विकासका शिक्षकलाई १५ हजार तलब, ५ अर्ब ५५ करोड बिनियोजन

अर्थमन्त्री विष्णु पौडेलले प्रारम्भिक बाल विकासका शिक्षक शिक्षिकालाई सरकारले व्यवस्था गरे बमोजिम न्यूनतम मासिक पारिश्रमिक १५ हजार उपलब्ध गराइने बताएका छन् । पौडेलले शनिवार प्रधानमन्त्रीको कार्यालयबाट आगामी आर्थिक बर्ष २०७८/७९ का लागि बजेट प्रस्तुत गर्दै यसबारे जानकारी गराएका हुन् । उनीहरुका लागि ८ हजार रुपैयाँ बृद्धि गरेको पौडेलले...

स्थानीय तहले सल्लाहकारका नाममा राज्यकोषको ५ अर्ब रुपैयाँ खर्च गरे

काठमाडौं :  जनतासँग प्रत्यक्ष सम्बन्ध जोडिएको स्थानीय सरकारका जनप्रतिनिधिले पारिश्रमिक, बैठक भत्ता, स्वकीय सचिव र सल्लाहकार बहानामा कानुनविपरीत ५ अर्ब रुपैयाँभन्दा धेरै खर्च गरेको पाइएको छश्र महालेखा परीक्षकको कार्यालयले राष्ट्रपतिलाई बुझाएको ५७ औं वार्षिक परीक्षण प्रतिवेदनमा स्थानीय तहका जनप्रतिनिधिले मासिक पारिश्रमिक, बै...