कोरोना विरुद्धको दुवै डोज खोप लगाएर कतार जानेहरू क्वरेण्टीनमा बस्न नपर्ने

काठमाण्डौ – कोरोना विरुद्धको दुवै मात्र खोप लगाएर कतार गएका यात्रुले क्वरेण्टीन बस्न नपर्ने भएको छ । कतार सरकारले पछिल्लो समय आफ्नो यात्रा नीतिलाई परिवर्तन गर्दै कोरोना विरुद्धको खोप लगाएर आउनेहरूले क्वरेण्टीनमा बस्न नपर्ने नियम ल्याएको हो । जुलाई १२ अर्थात् असार २८ गतेदेखि कतार सरकारको यो निर्णय कार्यान्वयनमा आउने छ । कतारले देशहरूलाई हरियो, पहेँलो र रातो गरी तीन वर्गमा विभाजन गरेको छ । रातो सुचीमा परेका देशबाट जाने यात्रुहरूले भने कतार पुगेपछि पीसीआर परीक्षण गर्न पर्छ ।  कतार जानेहरूले कतार पुग्नुभन्द...