धनगढी : नेपालको स्वास्थ्य क्षेत्रमा माफियाको रजगज कतिसम्म छ भन्ने कुरा बझाङ अस्पतालभित्रको एक घटनाले देखाएको छ। असोज २४ गते बुधबार जिल्ला अस्पताल बझाङका प्रमुख तथा मेडिकल सुपरिटेन्डेन्टको काज फिर्ता गरिएको प्रकरणले माफियाको चलखेल र रजगज स्पष्ट पारेको छ।बुधबार अघिसम्म नियमित काम गरिरहेका मेसु डा. नवराज जोशीको सट्याकसुटुक बिनाकारण काज फिर्ता गरिएको हो। अस्पताल स्रोतका अनुसार मेडिकल माफिया र औषधि आपूर्तिकर्ताको दबाबमा अस्पतालका चिकित्सकीय सेवा नै बन्द हुनेगरी डाक्टर जोशीको काज फिर्ता गरिएको हो।सुदू