बझाङ : नेपाल टेलिकमको टावरमा तोडफोड हुँदा बझाङका तीनवटा स्थानीय तहमा फोन र इन्टरनेट सेवा पूर्णरूपमा प्रभावित भएका छन्।बझाङको मष्टा गाउँपालिका-६ दौलेमेला भकुण्डे सामुदायिक वनमा रहेको नेपाल टेलिकमको टावरमा चार्जिङमा राखिएका ५७ वटा सोलार प्यानल, २४ ब्याट्री, तार ५ किलोवाट र अन्य उपकरणमा तोडफोड भएको प्रहरीले जनाएको छ।सोमबार दिउँसो मष्टा गाउँपालिका-५ का स्थानीय भरत ओखेडाले टेलिकमको टावरमा तोडफोड गर्दा मष्टा गाउँपालिका, तल्कोट र साइपाल गाउँपालिकाका अधिकांश ठाउँमा फोन र इन्टरनेट सेवा पूर्णरूपमा प्