शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कार्यरत डा.अनिषा तिवारीलाई कारवाहीको तयारी भएपछि मेडिकल काउन्सिल, जिल्ला प्रशासन कार्यालय भक्तपुर, जिल्ला प्रहरी परिसर भक्तपुर लगायतमा उजुरी गरेको खुलेको छ । बिरामीको अप्रेसन गर्ने क्रममा डा.तिवारीले लापरवाही गरेपछि स्पष्टीकरण सोधी कारवाहीका लागि लेखी पठाउने तयारी भएपछि उनले केन्द्रका निर्देशकविरुद्ध उजुरी गरेको खुलेको हो ।शुक्रबार शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले पत्रकार सम्मेलनको आयोजना गरी घटनाबारे विस्तृत विवरण दिएको छ । डा. तिवारीले