अनलाइनबाट कर तिर्ने व्यवस्था प्रभावकारी भएन

नगरवासीको सुविधाका लागि काठमाडौं महानगरपालिकाले अनलाइनबाट कर तिर्ने व्यवस्थाको सुरुआत गरे पनि प्रभावकारी हुन सकेको छैन । गत असोजदेखि महानगरपालिकाले अनलाइनबाट कर तिर्ने व्यवस्था सुरु गरेको थियो । हालसम्ममा १०० जनाले मात्र उक्त प्रणालीको प्रयोग गरी कर बुझाएका महानगरपालिकाले जानकारी गराएको छ । महानगरपालिकाको राजस्व विभागका प्रमुख डा शिवराज अधिकारीका अनुसार धेरै...

सम्बन्धित सामग्री

प्रभावकारी भएन डिजिटल भ्याटमा क्यासब्याक योजना

सरकारले दुई वर्षअघिदेखि कार्यान्वयनमा ल्याएको मूल्य अभिवृद्धि कर (भ्याट) को डिजिटल भुक्तानीमा १० प्रतिशत नगद फिर्ता (क्यासब्याक) दिने योजना अझै प्रभावकारी रूपमा कार्यान्वयनमा आउन सकेको छैन । कर प्रणाली सुधारका लागि प्रविधि र करमा सहभागिता बढाउने भन्दै आन्तरिक राजस्व विभागले २८ माघ २०७६ बाट यस्तो व्यवस्था कार्यान्वयनमा ल्याएको थियो । सरकारले आर्थिक वर्ष २०७६/७७ को वार्षिक बजेटमा यस्तो व्यवस्था राखेपछि विभागले त्यसलाई औपचारिक कार्यक्रममार्फत नै घोषणा गरेर कार्यान्वयनमा ल्याएको थियो ।

प्रभावकारी भएन अनलाइनमार्फत कर तिर्ने व्यवस्था

काठमाडौं । नगरवासीको सुविधाका लागि काठमाडौं महानगरपालिकाले अनलाइनबाट कर तिर्ने व्यवस्थाको शुरुआत गरे पनि प्रभावकारी हुन सकेको छैन । गत असोजदेखि महानगरपालिकाले अनलाइनबाट कर तिर्ने व्यवस्था शुरू गरेको थियो । हालसम्ममा १०० जनाले मात्र उक्त प्रणालीको प्रयोग गरी कर बुझाएका महानगरपालिकाले जानकारी गराएको छ । महानगरपालिकाको राजस्व विभागका प्रमुख डा. शिवराज अधिकारीका अनुसार धेरै नागरिक यस प्रविधिबारे जानकार नभएकाले पनि सोचेअनुरूप अनलाइनमार्फत कर असुल हुन नसकेको हो । ‘यस व्यवस्थाले करदातालाई कार्यालयमा आएर लामो समयसम्म लाइनमा बस्नुपर्ने अवस्थाको अन्त्य भएको छ, तर यसबारे जानकारी नहुँदा अझै पनि धेरै करदाता कार्यालयमा नै आएर कर तिर्ने गरेका छन्,’ डा अधिकारीले भने । कर खाताबाटै सीधै तिर्नका लागि सेवाग्राहीले आफ्नो वडा कार्यालयमा गएर राजस्व सफ्टवेयरमा आफ्नो सम्पत्ति तथा व्यवसायको विवरण भरेर करदाता संकेत नम्बर लिनुपर्ने हुन्छ । अघिल्लो वर्ष नै सोही प्रविधिको प्रयोग गरी कर तिरको भए रसिदबाट समेत करतादा संकेत नम्बर र आन्तरिक संकेत नम्बर लिन सकिनेछ । चालू आर्थिक वर्षको असोजदेखि अहिलेसम्मा महानगरपालिकाले यस प्रविधिको प्रयोग गरी १५ लाख रकम असुल गरेको छ । यो रकम कम हो । राजस्व असुली अनलाइन प्रणालीमार्फत भर्खर शुरू गरेको महानगरपालिकाले नक्सा पास र निर्माण सम्पन्न प्रमाणपत्रका लगि भने विगत तीन वर्षदेखि नै अनलाइन प्रणालीमार्फत काम गर्दै आएको छ । रासस

अनलाइनबाट कर तिर्ने व्यवस्था प्रभावकारी भएन

काठमाडौँ : काठमाडौँ महानगरपालिकाले अनलाइनबाट कर तिर्ने व्यवस्था सुरुआत गरे पनि प्रभावकारी हुन सकेको छैन। गत असोजदेखि महानगरपालिकाले अनलाइनबाट कर तिर्न मिल्ने व्यवस्था सुरु गरेको थियो।तीन महिनाको अवधिमा जम्मा सयजनाले मात्र उक्त प्रणाली प्रयोग गरेका छन्। महानगरपालिकाको राजस्व विभागका प्रमुख डा. शिवराज अधिकारीका अनुसार धेरै व्यक्ति यो प्रविधिबारे जानकार नभएकाले पनि सोचेअनुरूप अनलाइनमार्फत कर असुल हुन नसकेको हो।‘यो व्यवस्थाले करदातालाई कार्यालयमा आएर लामो समयसम्म लाइनमा बस्नुपर्ने अवस्थाक