काठमाण्डाै - सर्वोच्च अदालतले विप्लव समूहका नेता हेमन्तप्रकाश वलीलाई थुनामुक्त गर्न आदेश दिएको छ । न्यायाधीश प्रकाशकुमार ढुङ्गाना र मनोजकुमार शर्माको इजलासले आज वलीलाई साधारण तारेखमा छाड्न आदेश दिएको हो । मुटुको उपचारका लागि सहिद गंगालाल राष्ट्रिय मुटुरोग केन्द्रमा उपचाररत वलीलाई थुनामा राखेर पुर्पक्ष गर्न लगाउनु मानवीय दृष्टिले मनासिव नदेखिएको उल्लेख छ ।
आदेशमा पछि मुद्दामा प्रमाण बुझ्दै जाँदा ठहर भए बमोजिम हुने गरी साधारण तारेखमा राखेर छाड्न भनिएको छ । एनसेलको मुख्यालय भैँसेपाटी ललितपुरमा बम विस्फोट गराएको आरोपमा ज...