नवलपरासी : नवलपरासी (बर्दघाट सुस्तापूर्व) को बुलिङटार गाउँपालिका–४ देउरालीका लक्ष्य आलेले विदेशबाट फर्किएपछि अहिले कृषि कर्मबाट राम्रो आम्दानी गर्न थालेका छन्। करिब आठ वर्ष विदेश बसेको अनुभव भएका आले विदेशबाट फर्किएपछि आफ्नो परिवारसँगै बसेर बाख्रापालन तथा अदुवाखेती गरिरहेका छन्।मलेसिया चार वर्ष, कतार तीन वर्ष नौ महिना बसेर फर्किएका आले आफ्नो बुबाले सुरु गरेको ‘हुर्यान बाख्रा फार्म’मा तीन वर्षदेखि काम गरिरहेका छन्। ‘विदेश नजाने निधो गरी बुबाले सुरु गरेको फार्ममा पूरै