एजेन्सी। साइप्रसमा पहिलोपटक महिला सभामुख भएकी छिन्। १९६० मा स्वतन्त्र भएको साइप्रसको दोस्रो सर्वाधिक शक्तिशाली पदमा ३५ वर्षीया अन्निटा डिमेट्रिओ चयन भएकी हुन्। राष्ट्रपतिपछि देशको सर्वाधिक शक्तिशाली राजनीतिक पदमा महिला चुनिनु देशकै लागि गर्वको विषय भएको उनले बताइन्। साइप्रसको १५ सदस्यीय मन्त्रीमण्डलमा तीनजना मात्र महिला मन्त्री छन्। राष्ट्रपति अनास्तासियाडेसले मन्त्रिपरिषद् पुनर्गठनमा महिला सहभागिता बढाउने घोषणा गरेका छ ।