पत्रकारलाई सरकारी अस्पतालमा निःशुल्क उपचार, ७ लाखको दुर्घटना बीमा

काठमाडौं, १५ जेठ । सरकारले पत्रकारलाई सरकारी अस्पतालमा निशुल्क उपचार गर्ने घोषणा गरेको छ । बजेट भाषणमार्फत अर्थमन्त्री विष्णु पौडेलले यस्तो घोषणा गरेका हुन् । नेपाल पत्रकार महासंघको सदस्य रहेका पत्रकारलाई सरकारी स्वास्थ्य संस्थामा निशुल्क उपचारको व्यवस्था गर्ने घोषणा गरिएको हो । त्यस्तै, सरकारले श्रमजीवी पत्रकारका लागि ७ लाख सम्मको दुर्घटना बीमा गरी प्रिमियमका ५० […]

सम्बन्धित सामग्री

सञ्चारमा उदार बजेट (सम्पादकीय)

आर्थिक वर्ष ०७८/७९ का बजेटमा सूचना प्रविधि, आमसञ्चार र पत्रकार हितका लागि उल्लेख्य बजेट तथा कार्यक्रम समावेश भएका भन्दै विभिन्न सम्बद्ध सङ्घसंस्थाले बजेटको स्वागत गरेका छन् । बजेटमा श्रमजीवी पत्रकारका लागि सात लाख रुपियाँसम्मको दुर्घटना बीमा गरी बीमा प्रिमियमको ५० प्रतिशत रकम नेपाल सरकारले बेहोर्ने व्यवस्था गरिएको छ । आगामी साउन १ गतेदेखि नेपाल पत्रकार महासङ्घको सदस्य रहेका पत्रकारलाई प्रेस काउन्सिलले जारी गरेको उपचार सुविधा परिचयपत्रको आधारमा देशभित्रका सबै सरकारी स्वास्थ्य संस्थामा निःशुल्क उपचार गरिने भएको छ । सञ्चारकर्मीको पेसागत दक्षता अभिवृद्धि तथा व्यावसायिकता विकास गर्न आगामी आर्थिक वर्षभित्र आमसञ्चार प्रशिक्षण प्रतिष्ठान स्थापना गरिने र नेपाल पत्रकार महासङ्घको निर्माणाधीन भवन सम्पन्न गर्न रकम विनियोजन गरिएको छ । नेपालको प्रेस र पत्रकारिताको इतिहासलाई जीवन्त राख्न सञ्चार ग्राम परिसरमा प्रेस सङ्ग्रहालय स्थापना, कोभिड–१९ (कोरोना) बाट प्रभावित भई रोजगारी गुमाएका पत्रकारलाई लेखनवृत्ति र सञ्चार गृहलाई पुनर्कर्जा तथा व्यावसायिक निरन्तरता कर्जाको सुविधा पनि बजेटमा रहेका छन् । सञ्चार प्रतिष्ठानलाई लोककल्याणकारी विज्ञापनवापत उपलब्ध गराउने रकमको १० प्र

इट्टा उद्योगका कामदारलाई बीमा र निःशुल्क उपचार

धादिङको थाक्रे गाउँपालिका वडा नं ७ मा रहेको एभरेष्ट इट्टा उद्योगमा काम गर्दै आइरहेका रोल्पाका २४ वर्षीय गणेश घर्तीको मेसिनमा च्यापिएर गत फागुनमा मृत्यु भयो। इट्टा उद्योगमा काम गर्दै आइरहेका घर्तीको उद्योगले गरिदिएको दुर्घटना बीमाले केही राहत मिल्यो। बीमा बापतको सात लाख रकम र आतेजाते रकम उनको परिवारले पाए। आर्थिक अवस्था कमजोर र ज्यालामजदुरी गरेर जीविका धान्दै आइरहेका घर्ती परिवारमा सन्तान गुमाउनुको पीडासँगै दुर्घटना बीमा बापतको रकम पाउँदा घर्ती परिवार खुसी भए।