उपसभामुखमा कसलाई सघाउने भन्ने निर्णय गर्न लोसपा बैठक बस्दै

काठमाडौँ – प्रतिनिधिसभाको उपसभामुखमा कसलाई सघाउने भन्नेबारेमा निर्णय लिन लोकतान्त्रिक समाजवादी पार्टीको बैठक बस्दैछ। उपसभामुख पदका लागि आज मतदान हुने भए पछि त्यसअघि निर्णय गर्ने भएको हो । उपसभामुखमा कुन उम्मेदवारलाई साथ दिने भन्ने केन्द्रीय कार्यकारिणी बैठकले टुंग्याउने लोसपा सांसद चन्दा चौधरीले बताएकी छन्। १३ सांसद भएको लोसपा यसअघि चौधरीलाई नै उम्मेदवार बनाउने तयारीमा थियो। […]

सम्बन्धित सामग्री

लोसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दै छ । पार्टी केन्द्रीय कार्यालय बबरमहलमा दिउँसो १ बजे बैठक बस्नेछ । बैठकमा वर्तमान सरकारलाई विश्वासको मत दिनेरनदिनेबारे छलफल हुने बताइएको छ

प्रचण्डलाई विश्वासको मत दिने नदिने विषयमा निर्णय गर्दै लोसपा

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालले संसदीय दलको बैठक बोलाएको छ । आज बबरमहलस्थित पार्टी कार्यालयमा बस्ने संसदीय दलको बैठकले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गर्ने कि नगर्ने निर्णय गर्ने बताइएको छ ।

लोसपा सत्ता गठबन्धनमा प्रवेश

काठमाडौं । सत्तारुढ गठबन्धनले शुक्रबार लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लाई भित्र्याएकाे छ । गठबन्धनको बालुवाटारमा बसेको बैठक छोडेर जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव नेकपा एमाले नेतृत्वको साँठगाँठमा पुगेपछि गठबन्धनले यस्ताे निर्णय गरेकाे हाे । जनता समाजवादी पार्टी बाहिरिएपछि गठबन्धनमा तालमेल जुटाउन लोसपा बैठकमा प्रवेश गरेको छ । जसपा अध्यक्ष यादव शुक्रबार बालुवाटारमा […]

लोसपा संसदीय दलको बैठक बस्दै

लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) संसदीय दलको बैठक आइतबार बस्ने भएको छ । दिउँसो १ वजे बानेश्वरस्थित संसद भवनमा बैठक बस्ने संसदीय दलका प्रमुख सचेतक उमाशंकर अरगरियाले बताए ।संसदमा विचाराधीन रहेको विभिन्न विधेयकको बारेमा छलफल हुनुको साथै अगामी चुनावमा दलहरूसँग तालमेलको विषयमा पनि छलफल हुने उनले बताए । लोसपाले अगामी संघ र प्रदेशको चुनावमा कुनै नकुनै दलसँग तालमेल गर्ने भनि यसअघि नै निर्णय गरिसकेको छ । त्यसका लागि लोसपाले काँग्रेस, एमाले, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीसँग छलफल पनि गरेको

उपसभामुख चयनबारे निर्णय लिन लोसपा संसदीय दलको बैठक बस्दै

काठमाडौँ – प्रतिनिधिसभाको उपसभामुखमा कसलाई सघाउने भन्नेबारेमा निर्णय लिन लोकतान्त्रिक समाजवादी पार्टीको संसदीय दलको बैठक बस्दैछ। दिउँसो २ बजे संसद भवन नयाँ बानेश्वरमा बैठक बस्ने लोसपा सांसद विमलप्रसाद श्रीवास्तवले देशसञ्चारलाई जानकारी दिए। उपसभामुख पदका लागि आज मतदान हुने भए पछि त्यसअघि निर्णय लिन बैठक बस्न लागेको हो। उपसभामुखमा कुन उम्मेदवारलाई साथ दिने भन्ने बिषयमा केन्द्रीय […]

प्रतिपक्षी दलद्वारा मधेश प्रदेशसभा बैठक बहिष्कार

मधेस प्रदेशका प्रतिपक्षी दल लोसपा नेपाल र नेकपा एमालेले आजको प्रदेशसभा बैठक बहिष्कार गरेका छन् । जापानका पूर्व प्रधानमन्त्रीको हत्या भएपछि उनको शोकमा नेपाल सरकारले शोक मनाउने निर्णय गरेको तर मधेस प्रदेशले त्यसको बेवास्ता गरेको भन्दै लोसपा र एमालेले बैठक बहिष्कार गरेका हुन् । ती दलले संघीय सरकारले गरेको निर्णय मधेश प्रदेश सरकारले पनि मान्नुपर्नेमा जोड दिएका छन् ।‘मधेश प्रदेश सरकार नेपाल सरकारकै अंग रहेकाले संघीय सरकारको निर्णय र परिपत्र विरुद्ध मधेश सरकार र प्रदेशसभा चल्न नहुने ती दलको भनाई

राष्ट्रिय शोकको दिन मधेश प्रदेशसभाको बैठक, एमालेका सांसदले गरे बहिष्कार

जनकपुरधाम । संघीय सरकारले राष्ट्रिय शोक घोषणा गरेको दिन प्रदेशसभा बैठक राखेको भन्दै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र नेकपा एमालेका सांसदहरुले मधेश प्रदेशको बैठक बहिष्कार गरेका छन् । शनिबारको बैठक प्रारम्भ भएलगत्तै लोसपा र एमालेका सांसदहरुले नेपाल सरकारले शोक मनाउने निर्णय गरिसकेको अवस्थामा पनि बैठक बोलाएको बताउँदै उनीहरुले बैठक बहिष्कार गरिएको घोषणा गरेका हुन् । […]

लोसपा बैठक : तालमेलबारे चुनाव घोषणापछि मात्र निर्णय

२२ जेठ, काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले निर्वाचनको मिति घोषणापछि मात्र चुनावी तालमेलबारे निर्णय गर्ने भएको छ । आइतबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकमा स्थानीय चुनावको पनि समीक्षा भएको छ । लामो समयसम्म चुनाव हुन्छ कि हुन्न भन्ने अलमलका कारण पूर्वतयारी राम्रो नभएको र एक्लै लड्नु परेकाले स्थानीय निर्वाचनमा सन्तोषजनक परिणाम नआएको लोसपाको […]

सरकारमा सहभागिताबारे निर्णय लिन लोसपाले बोलायो बैठक

संघीय सरकारमा सहभागी हुने विषयमा छलफल गरेर निर्णय लिनका लागि लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)ले कार्यकारिणी समितिको बैठक बोलाएको छ । लोसपाको केन्द्रीय कार्यालयमा चैत १६ गतेको लागि बैठक बोलाइएको हो । सो बैठकमा काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने या नहुने भन्ने विषयमा छलफल गरेर निर्णय लिइने कार्यकारिणी समितिका एक सदस्यले बताए । प्रधानमन्त्री देउवाले लोसपालाई सरकारमा आउनका लागि आग्रह गरेपछि छलफल हुन लागेको हो ।  देउवाको प्रस्तावपछि लोसपाका केही नेताले स

लोसपा संसदीय दलको बैठक बस्दै, एमसीसीबारे निर्णय लिने

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) संसदीय दलको बैठक आज बस्दैछ । बबरमहलस्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो १ बजेका लागि बैठक तय भएको छ  ।