प्रत्येक वर्ष वैशाख र जेठ महिनामा वर्षकै सबैभन्दा बढी चलचित्र फ्लोरमा जान्छन् । लामा दिन, उच्च हिमाली क्षेत्रको मौसमसमेत सफा हुने तथा पानी नपर्ने भएकाले यी दुई महिना अन्य महिनाको तुलनामा बढी चलचित्र छायांकनमा निस्कन्छन् ।
काठमाडौं : वर्षायामको सुरुवात भए पनि गर्मीले घट्ने संकेत दिएको छैन। यसपाला मनसुन ढिलोगरि भित्रिँदा गर्मी अत्याधिक बढेको छ जसले तराईका जिल्लामा 'हिट वेभ'को जोखिम बढेको छ। त्यसैलाई लिएर सरकारले हिट वेभबाट बच्न सबैसँग आग्रह गरेको छ।
तराईमा गर्मी कति छ भन्ने कुरा त्यहाँको तापक्रम ४० डिग्रीभन्दा माथि नै अडिनुले देखाउँछ। काठमाडौंमा…
काठमाडौँ । नेपाल राष्ट्र बैंकले माघमा ब्याजदर घट्ने संकेत गरेको छ । पछिल्लो एक महिना यता तरलतामा केही सहज भएको र अन्तर बैंक ब्याजदर समेत घटेकाले ब्याजदर घट्न सक्ने संकेत इन्डिकेटरले गरेको केन्द्रीय बैंकका कार्यकारी निर्देशन डा. प्रकाश श्रेष्ठले बताए । यद्यपि, पुसको अन्तिम एक/दुई दिन बाँकी रहेकाले केही प्रेसर पर्ने उनको आंकलन छ । […]
सामान्यतया मुलुकको अर्थतन्त्रको गतिसँगै घरजग्गा कारोबारको गति पनि हिँड्ने गर्छ । अर्थतन्त्र चलायमान हुँदा घरजग्गाको कारोबार बढ्छ, मन्दी आउँदा यसको कारोबार पनि घट्ने गर्छ । नेपालकै पछिल्ला केही वर्षको तथ्यांक हेर्दा घरजग्गा कारोबारको गति अर्थतन्त्रको विस्तार र संकुचनसँग जोडिएर आएको देखिन्छ । २०४८ सालमा भएको राजनीतिक परिवर्तनपछिका पाँच वर्ष मुलुकको अर्थतन्त्रको आकार उच्च दरले बढेको […]
अमेरिकी डलरको भाउले हरेक दिन नयाँ रेकर्ड कायम गरिरहेको अवस्थामा पनि सुनको भाउ बढिरहेको छ । डलरको भाउ बढ्दा सुनको भाउ समान्यतया घट्छ । तर, विगत केही दिनदेखि निरन्तर उकालो लागिरहेको डलरको भाउ आज नेपाली रुपैयाँ अनुसार १३१ रुपैयाँ ६७ पैसा पुगेको छ । डलरको भाउ उच्च हुँदा पनि सुनको भाउ घट्नुको सट्टा बढिरहेको छ । तर, अन्तराष्ट्रिय बजारमै सुनको भाउ बढेकाले त्यसको असर नेपालमा परेको भने होइन । आज अन्तराष्ट्रिय बजारमा सुनको भाउ प्रति औँस १६ सय ८० डलर छ । हिजोको तुलनामा आज अन्तराष्ट्रिय बजारमा सुनको भाउ घटेको छ । तर, नेपाली बजारमा भने आज हिजोको तुलनामा सुनको भाउ प्रतितोला २ सय रुपैयाँले महँगिएर तोलाको ९३ हजार ३ सय रुपैयाँ पुगेको छ ।नेपालमा चाहिँ किन बढ्यो सुनको भाउ ?डलर बढ्दा सुनको भाउ घट्ने विश्वब्यापी अभ्यास हो । किनकी, अन्तराष्ट्रिय लगानीकर्ताले डलर घट्दा सुनमा र सुन घट्दा डलरमा लगानी बढाउँछन् । तर, यसपटक भने डलरको भाउ आकासिँदा पनि सुनको भाउ घट्ने नभई बढ्नेतर्फ उन्मुख छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका उपाध्यक्ष दियशरत्न शाक्य अन्तराष्ट्रिय बजारमा डलरमा भाउ बढेकाले डलर तिरेर खरिद गर्नुपर्दा नेपालमा सुनको भाउ बढेको बताउँछन् । ‘अहिले नेपाली बजारमा सुनको भाउ ९३ हजारको वरीपरी छ’ उनले भने, ‘डलर बढ्दा सुनको भाउ घट्नुपर्ने हो, अन्तराष्ट्रिय बजारमा घटेको पनि छ । तर, नेपालमा हामीले बढेको डलरको भाउ अनुसार खरिद गर्नुपर्ने भएकाले मूल्य बढेको हो ।’उनले पहिला १ तोला सुन आयात गर्दा तिर्ने डलर र अहिले सोही परिमाणको सुन आयात गर्दा तिर्नुपर्ने डलर बढी भएकाले नेपालमा सुनको भाउ केही बढेको जस्तो देखिएको तर, प्रतितोला ९३ हजारको वरीपरी नै रहेकाले यसलाई अहिलेको अन्तराष्ट्रिय मूल्य अनुसार खासै बढेको भन्न नमिल्ने दाबी गरेका छन् ।भाउ घट्ने ‘चान्स’ छैनमहासंघका उपाध्यक्ष शाक्यले तत्काल सुनको भाउ घट्ने संकेत नरहेको बताएका छन् । नेपालीहरुले सुन खपत गर्ने समय (तिहार–धनतेरश र मंसिर–बिहेको सिजन)मै सुनको भाउ थप घट्ने संकेत नदेखिएको उनको भनाई छ ।‘अन्तराष्ट्रिय राजनीतिक प्रभाव पनि छ, रुस–युक्रेन युद्ध मथ्थर हुने देखिएको छैन, विश्व बैंकले विश्वभरी आर्थिक मन्दी आउने प्रक्षेपण गरिसकेको छ’ शाक्यले थपे, ‘डलरको भाउ पनि घट्ने देखिँदैन । डलरको अनपेक्षित रुपमा घट्यो भने मात्रै हो, नत्र सुनको भाउ अहिलेको भन्दा तल चाहिँ आउँदैन ।’
मंगलबार (अक्टोबर ११ अर्थात् असोज २५ गते) अन्तराष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले पत्रकार सम्मेलनको आयोजना गरेर सन् २०२३ मा विश्वको आर्थिक वृद्धि जम्मा २.७ प्रतिशतमा सिमित रहने अनुमान सार्वजनिक गर्यो । २०२१ मा ६ प्रतिशत रहेको विश्वको आर्थिक वृद्धि २ वर्षमै आधा भन्दा बढीले घट्ने अवस्था आएको आइएमएफको प्रक्षेपण छ ।यद्यपी, चालु वर्ष २०२२ मा भने विश्वको आर्थिक वृद्धि ३.२ प्रतिशत रहने अनुमान गरिएको छ ।आइएमएफले विश्वको आर्थिक वृद्धि घट्दै जानुमा विभिन्न कारण पनि दिएको छ । विश्वका सबैजसो मुलुकका केन्द्रीय बैंकहरुले कर्जा प्रवाहमा अंकुश लाग्ने गरी ब्याजदर बढ्ने नीति लिएको र यस्तो नीति लिनुमा सबै देशका केन्द्रीय बैंकहरुले रसिया–युक्रेन युद्धलाई देखाएको आइएमएफको भनाई छ ।सँगै, एक महिना अगाडी सेप्टेम्बर १५ (भदौ ३० गते) मा विश्व बैंकले त झन विश्व आर्थिक मन्दी (ग्लोबल रिसेसन) कै प्रक्षेपण गरेको छ । विश्व बैंकले सन् २०२३ मा विश्व अर्थतन्त्र ०.५ प्रतिशतमा खुम्चिने र यसको ठूलो असर अल्पविकसित देशले भोग्नुपर्ने बताएको छ । विश्व बैंकले त झन केन्द्रीय बैंकहरुले उपभोग घटाउने खालको नीति लिनु नै गलत भएको औल्याएको छ । उपभोग घटाउने नभई उत्पादन बढाउने नीति अख्तियारी गर्न विश्व बैंकले सुझाव पनि दिएको छ । यदि, उत्पादन बढाउन केन्द्रित नभए विश्व अर्थतन्त्रमा आउने मन्दीले बेरोजगारी बढ्ने, गरिबी बढ्ने र भोकमरीको अवस्था सिर्जना हुनेतर्फ विश्व बैंकले सचेत गराएको छ । किन अपनाइयो उपभोग घटाउने नीति ?अमेरिकाको केन्द्रीय बैंक ‘द फेडरल रिजर्भ’ले ब्याजदर बढाउँदा अहिले त्यहाँ कर्जाको ब्याज ३.२५ प्रतिशत पुगेको छ । अहिले विश्वभरका केन्द्रीय बैंकहरूले अमेरिकाको केन्द्रीय बैंकले जस्तै उपभोग घटाउन बस्तुको माग घटाउने र माग घटाउन ब्याजदर बढाउने नीति लिएका छन् । तर, विश्व बैंक भने विश्वभरीका केन्द्रीय बैंकहरुले लिएको नीति आर्थिक वृद्धिका लागि बाधक भएको बताउँछ । जसका कारण विश्वभरी नै आर्थिक मन्दीको जोखिम बढेको दाबी विश्व बैंकको छ । रसिया–युक्रेन युद्धले बजारको माग र आपुर्तिको ‘चेन’ नै बिगारेका कारण आ–आफ्नो देशको अर्थतन्त्रको अवस्था ठिकठाक राख्नका लागि भन्दै सबै देशका केन्द्रीय बैंकहरुले आयात घटाउँदै लैजाने, उपभोग पनि घटाउने र यसका लागि मूल्य बढ्ने गरी ब्याजदर बढाउने नीति लिएका छन् ।नेपालका बैंकहरुको पनि हाल कर्जाको बेस रेट (आधार दर) औसतमा १० प्रतिशतको हाराहारीमा पुगिसकेको छ । यसमा कर्जाको प्रकृति अनुसार ६ प्रतिशतसम्म प्रीमियम जोडिन्छ ।ब्याजदर बढ्दा आर्थिक मन्दी कसरी हुन्छ ?बैंकहरुले निक्षेपमा ब्याज बढाएर बैंकिङ प्रणालीमा लगानीयोग्य रकमको अभाव हुन नदिन खोजेको भएपनि यसले कर्जाको ब्याजदर क्रमशः बढाइरहेको छ । यतिसम्म की, अमेरिकामा ब्याज बढ्दा एसियाली मुलुकसहित विश्वका ठूला अर्थतन्त्र भएका देशको पूँजी पनि उतै गएको दाबी बैंक अफ इन्डियाका गभर्नर शक्तिकान्त दासले केही समय अघि नै गरेका थिए ।अमेरिकाले ब्याज बढाउँदा विश्वभरीका लगानीकर्ताले डलरमा लगानी बढाउँदा अमेरिकी डलर बलियो बन्दै गएको दाबी पनि अर्थविद्हरुले गरेका छन् । सँगै, निक्षेपमा ब्याज बढ्दा कर्जाको ब्याज पनि बढ्ने भएकाले यसले औद्योगिक वातावरण बिग्रदै जाने अर्थशास्त्रीहरुको चिन्ता छ । एकातिर उत्पादनका लागि आवश्यक कच्चा पदार्थको मूल्य बढ्ने र यसले उत्पादन लागत बढ्दा लगानीकर्ताले उत्पादनमूलक उद्योगमा लगानी गर्न नचाहने हुँदा ब्याजदर बढ्नु भनेको आर्थिक मन्दीको अवस्था सिर्जना हुँदै जानु हो भन्ने धारणामा विश्वभरीका अर्थशास्त्रीहरु एकमत छन् । नेपालमा मन्दीको संकेत देखिन थाल्योविश्व बैंकले सेप्टेम्बर १५ मा आर्थिक मन्दीको चेतावनी दिँदै यसको ठूलो असर अल्पविकसित देशले भोग्नुपर्ने प्रक्षेपण गरिसकेको छ । विश्व बैंकले भने जस्तै नेपालमा आर्थिक मन्दीको संकेत देखिन सुरु भइसकेको अर्थशास्त्रीहरु स्वीकार गर्छन् । अर्थविद् डा. नरबहादुर थापा डलर क्रमशः बलियो हुँदै गएको र नेपाली रुपैयाँ झनझन कमजोर हुँदै गएकाले यसले बाह्य क्षेत्रमा दबाब बढाउँदै लैजाने बताउँछन् । कुल ग्राहस्थ उत्पादनको ३५ प्रतिशत बढी ब्यापार घाटा ब्यहोरिरहेको नेपालले अब आयातमा बढी मूल्य तिर्नुपर्दा ब्यापार घाटा झन बढेर जाने र अर्थतन्त्र समस्यामा परिरहने जोखिम रहेको उनको भनाई छ ।‘डलर बलियो भइरहेको छ, नेपाली रुपैयाँ कमजोर भइरहेको छ’ अर्थविद् डा. थापा भन्छन्, ‘यसले नेपाल जस्तो आयात केन्द्रित अर्थतन्त्र भएको देशको ब्यापार घाटा र चालु खाता घाटा यथावत रहने अवस्था भयो ।’उनले आयात महँगो हुनु भनेको मूल्यवृद्धि हुनु भएकाले यसले नेपालमा महँगी बढाउने देखिएको पनि बताएका छन् । उनले महँगी बढ्दा क्रयशक्ति घट्दै जाने भएकाले दूरदराजमा भोकमरीको जोखिम पनि औल्याएका छन् ।‘विश्वमा आर्थिक मन्दी हुँदा नेपालमा आउने रेमिट्यान्स प्रभावित हुन्छ, नेपालमा आउने पर्यटक आउन सक्दैनन्, वैदेशिक सहयोग र ऋण आउँदैन यसले अर्थतन्त्रमा दबाब बढाउँदै लैजाने देखिन्छ’ डा. थापा थप्छन्, ‘पूरानो वैदेशिक ऋणको साँवा र ब्याज भूक्तानी पनि गर्नैपर्ने हुन्छ । अर्कोतिर, पेट्रोलियम पदार्थ र खाद्यान्नको मूल्य नै बढ्ने भएपछि गरिबी चर्किन्छ ।’
हाम्रो घाँटीमा रहेको करीब २ ईन्च लामो र सानो आकारको, पुतली जस्तो बनावट भएको, स्वरयन्त्रको मुनि र घाँटीको अगाडि रहेको शरीरको महत्वपूर्ण ग्रन्थीलाई थाइराइड ग्रन्थी भनिन्छ । यसले मुख्यतः टाउकोमा रहेको प्रमुख ग्रन्थी (पिटिट्युरी ग्लान्ड) ले निकाल्ने एक प्रकारको रसको संकेत प्राप्त गरी दुई किसिमको रस वा हर्मोन उत्पादन गर्दछ, जुन हर्मोनको काम शरीरलाई सन्तुलन र स्वस्थ राख्नु हो । साथै, यी हर्मोनका काम शरीरका मुख्य कार्यहरु सम्पादन गर्नु, मस्तिष्क र स्नायु प्रणालीको विकास गर्नु, श्वास प्रश्वास नियमित राख
एजेन्सी, ६ माघ । कोरोना भाइरसको डेल्टा भेरियन्ट संक्रमित बिरामीमा उच्च ज्वरो आउने, लगातार खोकी लाग्ने, छाती दुख्ने, सास फेर्न गाह्रो हुने र अक्सिजनको मात्रा एक्कासी घट्ने जस्ता लक्षण देखिएको थिए । तर ओमिक्रोनका केही फरक लक्षण देखिएको छ । यी हुन ओमिक्रोन संक्रमित भएका ५ लक्षण धरै थकाइ महसुस हुनु– कोरोनाको अघिल्लो संस्करणहरू जस्तै, […]
कोरोना संक्रमणले विश्वव्यापीस्तरमै अर्थतन्त्रलाई तहसनहस पारेको छ । यसका कारण सरकारी खर्च बढेको छ भने राजस्वका मुहान सुक्दै गएका छन् । नेपालको सन्दर्भमा पनि आर्थिक वृद्धिदर खस्किँदै गएको छ भने राजस्व असुली पनि प्रभावित हुने स्पष्ट संकेत देखिन थालेको छ ।
एकातिर विदेशी सहायतामा कमी आउने र अर्कोतिर आन्तरिक राजस्व पनि घट्ने संकेतले सरकार सञ्चालनमै अप्ठ्यारो अवस्था सिर्जना हुने आंकलन भैरहेको छ । प्रस्तुत सन्दर्भमा चालू आ.व. २०७८।७९ मा कति राजस्व संकलन होला भनी जिज्ञासा उठिरहेको अवस्थामा नेपाल राजस्व परामर्श समितिले एक विशेष एवं गहन ...
साउन १५, काठमाडौं । कुमारी बैंकले महानगरीय ट्राफिक प्रहरीको समन्वयमा काठमाडौं महानगरपालिका वडा नं १, नक्साल भगवती मन्दिर चोकमा जडान गर्न ट्राफिक संकेत बत्ती प्रहरी महाशाखालाई हस्तान्तरण गरेको छ ।
बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त ट्राफिक संकेत बत्ती जडान गर्न सहयोग गरेको हो ।
उक्त ट्राफिक संकेत बत्तीको हस्तान्तरण पश्चात् बैंकका प्रमुख संचालन अधिकृत रामचन्द्र खनाल तथा महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले संयुक्त रुपमा ट्राफिक संकेत बत्तीको सञ्चालन शुभारम्भ गरेका हुन् ।
कार्यक्रममा महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले बैंकले ट्राफिक संकेत बत्ती जडानबाट यस क्षेत्रमा यातायात व्यवस्थापनमा सहज भई सवारी चाप घट्ने विश्वास व्यक्त गरे ।
कोभिड–१९ को पहिलो लहर घटेपछि अकासिएको तेलको मूल्य कोभिडको दोस्रो लहर व्यापक बनेलगत्तै घट्ने संकेत देखिएको छ । पछिल्ला केही सातादेखि लगातार बढिरहेको तेलको मूल्य सोमबार आएर घटेपछि विश्लेषकहरूले यसको मूल्य तल झर्ने आकलन गरेका छन् ।