भारतका उद्यमीलाई नेपालमा लगानी गर्न राजदूत शर्माले गरे आग्रह

काठमाडौं । भारतका लागि नेपालका राजदूत डा. शंकर शर्माले नेपालमा उपलब्ध लगानीका अवसरको उपयोग गरी अधिकतम लाभ लिन भारतका उद्यमी–व्यवसायीलाई आग्रह गरेका छन् । नयाँदिल्लीस्थित नेपाली राजदूतावास र भारतमा रहेका नेपाली व्यवसायीहरूको संस्था एभरेष्ट चेम्बर अफ कमर्श एन्ड इन्डस्ट्रिजद्वारा सोमवार नयाँदिल्लीमा संयुक्त रूपमा आयोजित अन्तरक्रियामा राजदूत डा. शर्माले नेपालमा लगानीका प्रशस्त क्षेत्र रहेकाले तुलनात्मक लाभका क्षेत्रमा पूँजी परिचालन गर्न आग्रह गरे । उनले भने, ‘नेपालमा लगानीका अनेक सम्भावना छन् । लगानी गरेर मुनाफा कमाउन म भारतका उद्योगी–व्यवसायीहरूलाई आग्रह गर्दछु ।’   उनले नेपाल–भारत सम्बन्धको ऐतिहासिक पृष्ठभूमि, भौगोलिक सहजता, भाषा एवं सांस्कृतिक एकरूपताका साथै अन्य धेरै हिसाबले भारतीय लगानीकर्ताहरूलाई नेपालमा लगानी गर्न सहज हुने बताए । नेपाल र भारत बीचको भौगोलिक निकटता र कैयौं क्षेत्रका एकरूपताका कारण भारतीय उद्योगी व्यवसायीलाई अन्यत्रको तुलनामा नेपालमा लगानी गर्न सहज हुने भएकाले लगानीका लागि आग्रह उनले गरे । बैंकिङ तथा विप्रेषण सेवा एवं निर्यात व्यापार तथा लगानीका अवसर विषयमा आयोजित सो अन्तरक्रियामा डा. शर्माले आफूले भारतमा गरेको कमाइको सुरक्षा एवं पारदर्शिताका लागि बैंकबाटै नेपाल पठाउन सबैलाई आग्रह गरे । एभरेष्ट चेम्बर अफ कमर्श एन्ड इन्डस्ट्रिजका अध्यक्ष युवराज बरालले भारतमा रहेका सबै नेपालीले आफ्नो सम्पर्कमा रहेका भारतका सबै व्यवसायीलाई नेपालमा लगानीका लागि उत्प्रेरित गर्नुपर्नेमा जोड दिए । उनले नेपालमा लगानीका साथै भारतबाट हुने आयात–निर्यातमा नेपाली तथा भारतीय समुदायलाई आवश्यक नीति–नियम तथा लगानीको वातावरणका लागि समन्वय गर्न आग्रह गरे । त्यस अवसरमा नेपाल राष्ट्र बैंकको वैदेशिक विनिमय विभागका निर्देशक वासुदेव भट्टराई, एभरेष्ट चेम्बर अफ कमर्श एण्ड इन्डस्ट्रिजका महासचिव मोहन कार्कीले नेपालमा वैदेशिक लगानी तथा विप्रेषण आदिका विद्यमान नीतिहरूका बारेमा जानकारी गराएका थिए । आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले भारतमा आफूले गरेको कमाइ बैंकिङ च्यानलबाट पठाउन आग्रह गर्दै ग्लोबल आइएमई बैंकले विश्वका अन्य मुलुकजस्तै भारतबाट विप्रेषण पठाउन पनि सहज बनाएको बताए । प्रवासी नेपालीले नेपालमा रकम पठाउन तथा दुई देशबीचका आयात– निर्यातका जटिलता समाधानमा सहजीकरण गर्न राजदूतको ध्यानाकर्षण गराएका थिए । दूतावासका कन्सुलर बद्री तिवारीको समन्वयमा भएको उक्त कार्यक्रममा भारतस्थित विभिन्न नेपाली व्यवसायी, नयाँदिल्लीमा रहेका नेपाली व्यापारिक प्रतिष्ठान एवं बैंकका प्रतिनिधिलगायत उपस्थित थिए । रासस

सम्बन्धित सामग्री

स्पेनिस कम्पनीहरूलाई नेपालमा लगानी गर्न आग्रह

बार्सिलोना। स्पेनका लागि नेपाली राजदूत डा शर्मिला पराजुली ढकालले स्पेनिस कम्पनीहरुलाई नेपालमा लगानी गर्न आग्रह गरेकी छिन्। नेपालमा खास गरी जलविद्युत तथा हरित हाइड्रोजन जस्ता पुन: नवीकरणीय ऊर्जामा लगानी गर्न राजदूत पराजुलीले आग्रह गरेकी हुन्। स्पेनका व्यापार संगठनहरुको स्पेनिस महासंघकी (CEOE) अध्यक्ष मार्ता ब्ल्यांकोसँग बुधबार राजधानी म्याड्रिडमा भेटघाट गर्दै राजदूत पराजुलीले नेपालमा लगानी गर्न जोड […]

नेपालमा लगानी भित्र्याउन राजदूतसमक्ष चेम्बरको आग्रह

काठमाडाैँ-  नेपाल चेम्बर अफ कमर्शले नेपालमा व्यापार प्रवद्र्धन तथा लगानीको वातावरण निर्माण गर्न राजदूतसमक्ष आग्रह गरेको छ । चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले दक्षिण कोरियाका लागि नवनियुक्त राजदूत डा ज्योति प्याकु¥याललाई आज भेटेर कोरियाबाट नेपालमा लगानी भित्र्याउनका लागि आवश्यक पहल गर्न आग्रह गरेका हुन् । अध्यक्ष मल्लले इपिएस भाषा परीक्षामार्फत नेपालबाट ७७ हजार नेपाली युवा दक्षिण […]

राजदूत अधिकारी लाहौरमा, नेपालमा लगानी गर्न पाकिस्तानी व्यवसायीलाई आग्रह

पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीले लाहोर चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीका अध्यक्ष मियाँ नउमन कविर र सदस्यहरुसँग लाहोरमा अन्तरक्रिया गरेका छन्। राजदूत अधिकारीले नेपाल र पाकिस्तानबीचको द्विपक्षीय आर्थिक सम्बन्ध...

पाकिस्तानका उद्योगीहरूलाई नेपालमा लगानी गर्न राजदूत अधिकारीको आग्रह

६ भदौ, काठमाडौं । पाकिस्तानका लागि नेपाली राजदूत तपस अधिकारीले लाहोरका उद्योगीलाई नेपालमा लगानी गर्न आग्रह गरेका छन् । लाहोर चेम्बर अफ कमर्स (एलसीसीआई) का प्रमुख मियान नौमान कबिरसहित अन्य सदस्यसँगको अन्तरक्रियामा राजदूत अधिकारीले यस्तो आग्रह गरेका हुन् । भेटमा राजदूत अधिकारीले नेपाल र पाकिस्तानबीच द्विपक्षीय आर्थिक सम्बन्धलाई सुदृढ गर्नुपर्ने धारणा राखेका थिए । ‘दुई […]

नेपालमा लगानी गर्न अष्ट्रेलियाका राजदूतलाई चेम्बरको आग्रह

नेपाल चेम्बर अफ कमर्सले नेपालमा लगानीका लागि अष्ट्रेलिया समक्ष आग्रह गरेको छ । नेपालका लागि अष्ट्रेलियन राजदूत फेलीसिटी वोल्कसँग मंगलबार भएको भेटवार्तामा चेम्बरका पदाधिकारीले नेपालमा लगानी गर्न आग्रह गरेका हुन् ।भेटवार्तामा जलविद्युत, वन, पर्यटन, कृषि एवं साना उद्योगमा लगानीको प्रशस्त सम्भावना रहेको बताइएको छ । नेपाल र अष्ट्रेलियाबीच ६० बर्ष भन्दा पुरानो कुटनीतिक सम्बन्धलाई थप बलियो बनाउन सरकारी र नीजि क्षेत्रबाट उच्चस्तरीय आर्थिक साझेदारीको आवश्यक्ता रहेको अध्यक्ष मल्लले बताए ।अष्ट्रेलियाले नेप

नेपालमा लगानी गर्न आग्रह

काठमाडौँ,१४ असार । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले नेपालका लागि अष्ट्रेलियन राजदूत फेलीसिटी वोल्कसँग नेपालले नीतिगत क्षेत्रमा थुप्रै सुधार गरिसकेकाले ढुक्क भएर यहाँ लगानी गर्न आग्रह गरेका छन् । राजदूत फेलीसिटी र मल्लबीच आज चेम्बरको कार्यालयमा भएको भेटमा अध्यक्ष मल्लले जडीबुटी एवं खानीजन्य धातुको प्रशोधनसम्बन्धी उद्योगमा लगानी गरी अन्तर्राष्ट्रिय बजार प्रवद्र्धन गर्न उनीसँग […]

भारतका व्यवसायीलाई नेपालमा लगानी गर्न राजदूत शर्माको आग्रह

भारतका लागि नेपालको राजदूतमा नियुक्त भएका डा शङ्कर शर्माले नेपालमा उपलब्ध लगानीका अवसरको उपयोग गरी अधिकतम लाभ लिन भारतका उद्यमी–व्यवसायीलाई आग्रह गरेका छन् ।नयाँदिल्लीस्थित नेपाली राजदूतावास र भारतमा रहेका नेपाली व्यवसायीहरूको संस्था एभरेष्ट चेम्बर अफ कमर्स एण्ड इण्डस्ट्रिजद्वारा संयुक्तरूपमा सोमबार नयाँदिल्लीमा आयोजित अन्तक्र्रियामा राजदूत डा शर्माले नेपालमा लगानी प्रशस्त क्षेत्र रहेकाले तुलनात्मक लाभका क्षेत्रमा पूँजी परिचालन गर्न आग्रह गरे । उनले भने, “नेपालमा लगानीका अनेक सम्भावन

व्यापार घाटा न्यूनीकरणमा भूमिका खेल्न राजदूत शर्मालाई परिसंघको आग्रह

नेपाल उद्योग परिसंघले नेपालमा लगानी अभिवृद्धि र व्यापारघाटा न्यूनीकरणमा जोड दिन भारतका लागि नवनियुक्त राजदूत डा. शंकरप्रसाद शर्मासँग आग्रह गरेको छ । परिसंघले राजदूत शर्मासँग भेटेर भारतमा सहज विद्युत व्यापार र पर्यटन प्रबद्र्धन लगायतका क्षेत्रमा समेत भूमिका खेल्न अनुरोध गरेको हो ।दुई देशबीचको आर्थिक सम्बन्ध थपविस्तार गर्न नेपालले त्यसबाट अधिकतम लाभ लिने गरी सार्वजनिक नीजि साझोदारीमा काम गर्ने वातावरण निर्माणमा ध्यान समेत परिसंघको आग्रह छ । कार्यक्रममा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले नेपालम

पाकिस्तानी व्यवसायीलाई नेपालमा लगानी गर्न आग्रह

पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीले सिन्ध प्रान्तको सुकुर चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री भ्रमण गरी उद्योगीहरुलाई नेपालमा लगानी गर्न आग्रह गरेका छन् । चेम्बरका अध्यक्ष आमिर अली खान घोउरी...