यो साता सेयर बजार सूचक नेप्सेमा ‘बाउन्स ब्याक’ देखिँदैछ । अधिकतम ३२ सय विन्दु नजिक पुगेर ओरालो लाग्न थालेको पुँजीबजार फेरि बढ्न थालेको हो । गत भदौ २ गते नेप्से परिसूचक हालसम्मकै उच्च विन्दु ३१९८.६ विन्दुमा पुगेको थियो । तर, त्यसपछि नेप्से निरन्तर ओरालो लाग्यो । भदौ २ गते अधिकतम ३१९८ विन्दुमा पुगेको बजार यसको ठीक दुई महिनापछि कात्तिक २ गते २५ सयको रेञ्जमा झर्यो । नेप्से घटेपछि नेपालको पुँजीबजार नै तरंगित बन्न पुग्यो ।अधिकतम २० प्रतिशतले घटेको बजार बियरिस ट्रेण्डमै गएको भन्दै आम