पछिल्लो चार महिनामा मात्र डेढ दर्जनभन्दा बढी बिमा कम्पनी मर्जर तथा एक्विजिसन प्रक्रियामा सामेल भएका छन् । नियामक निकाय बिमा समितिले गत चैतमा कम्पनीहरुको चुक्ता पुँजी वृद्धिको निर्देशन जारी गरेपछि सुरु भएको मर्जरको यो प्रक्रियामा साउन १ सम्म १९ वटा बिमा कम्पनी सहभागी भएका छन् । ती कम्पनी आपसमा गाभिएर ९ वटा बन्नका लागि बिमा समितिमा आवेदन दिएका छन् ।