फस्टायो तिहारसँगै पाल्पाली ढाकाको व्यापार : RajdhaniDaily.com
RajdhaniDaily.com | पाल्पा । तिहारमा सप्तरंगी टिकासंगै पाल्पाली ढाका टोपी र सामग्री उपहार दिने चलन बढेसँगै ढाकाको व्यापार उकालो लागेको छ । तिहारमा दिदी, बहिनी र दाजुभाईले एक -
कपिलवस्तु । जाडोयाम शुरू भएसँगै कपिलवस्तुको चन्द्रौटा बजारमा सिद्राको व्यापार फस्टाएको छ । अहिले यहाँका सिद्रा व्यापारीलाई सिद्रा बेच्ने चटारो छ ।
दुई दशकदेखि सिद्रा व्यापार गरिरहनुभएका अनिश अन्सारीले दैनिक एकदेखि डेढ क्विन्टल सिद्रा बेचिरहेको बताए । असोज अन्तिम हप्तादेखि बढेको सिद्राको व्यापार फागुनसम्म चल्ने अन्सारी बताउँछन् । वर्षभरि ४० देखि ४५ क्विन्टलसम्म सिद्राको व्यापार गर्ने उनले बताए ‘अरुभन्दा जाडो मौसममा सिद्राको व्यापार फस्टाउँछ,’ उनी भन्छन् । चन्द्रौटा बजारभित्र झन्डै दुई दर्जन व्यापारीकले सिद्रा बेच्छन् । यहाँको सिद्रा किन्न रोल्पा, रुकुम, प्युठान, दाङ, अर्घाखाँची, गुल्मी, पाल्पादेखि कोहलपुरसम्मबाट ग्राहक आउँछन् । जाडो हटाउन सिद्राको झोल खाने चलन छ । सिद्रा भुरा माछा मारेर बनाइन्छ । खाँदा माछाको स्वाद आउने र जाडो भगाउने हुँदा यसको व्यापार जाडोमा फस्टाएको हो । रुकुम मुसिकोट नगरपालिका–११ बाट सिद्रा लिन चन्द्रौटा बजार आएकी जमुना बुढाले पहाडमा सिद्राको महत्त्व बढी भएकाले किन्न आएको बताइन् । जाडोमा सिद्राको तातो झोलले सुत्केरी, वृद्धवृद्धा, बालबच्चालाई चिसोबाट बचाउने उनले बताइन् ।
दाङको राप्ती गाउँपालिका–९ की पारू पुनले हरेक वर्ष सिद्रा लिन आउने गरेको सुनाइन् । आफूले किनेको सिद्रा केही घरमा प्रयोग गर्ने अरु पहाडमा दिदीबहिनीलाई पाहुरको रूपमा पठाइदिने बताइन् ।
सिद्रा किन्न अर्घाखाँची जुकेनाकी भगवती बेल्वासे पनि चन्द्रौटा आएकी छिन् । आफन्तकहाँ आएको बेला पाहुरको रूपमा सिद्रा लैजान लागेको उनले बताइन् । चन्द्रौटादेखि २१ किलोमिटर टाढा भारतको बढनी बजारबाट लाखौंको सिद्रा नेपाल आयात हुन्छ । लखनउ, गोरखपुरबाट सिद्रा ल्याएर बेच्ने गरेको सिद्रा व्यापारी हकिउल्लाह मुसलमानले बताए । भारतका कृषकले खोलानाला, खेतका खालबाट भुरा माछा मारेर सुकाई सिद्रा बनाउँछन् ।
जुँगे, झिंगे, सुन्दरी, टेग्ना, बरेल, चलवा, बुलवा जातको माछाबाट सिद्रा बन्छ । यहाँ सिद्रा किन्न सानादेखि ठूला व्यापारीसम्म आउने गरेको बताइन्छ । सिद्रा फुटकर रूपमा प्रतिकिलो २ सयदेखि ५ सय रुपैयाँसम्ममा विक्री हुन्छ । रासस
काठमाडौं। माघे संक्रान्ति पर्व नजिकिएसँगै बजारमा तरुल र चाकुको व्यापार फस्टाएको छ। कालीमाटी तरकारी तथा फलफूल बजारमा संक्रान्ति पर्वका लागि तरुल किन्न जानेहरुको भीड लागेको छ। तरुलको मूल्यमा विगतका वर्षहरुको भन्दा फरक नरहेको व्यापारीहरु बताउँछन् । कालीमाटी बजारमा धादिङ, नुवाकोट,मकवानपुर, सिन्धुपाल्चोक, सिन्धुली, रामेछाप लगायतका जिल्लाहरुबाट तरुल ल्याइएको छ।
काठमाडौं । माघे संक्रान्ति पर्व नजिकिएसँगै बजारमा तरुल र चाकुको व्यापार फस्टाएको छ । कालीमाटी तरकारी तथा फलफूल बजारमा माघे संक्रान्ति पर्वका लागि तरुल किन्न जानेहरुको भीड यतिबेला देख्न सकिन्छ । तरुलको मूल्यमा विगतका वर्षहरुको भन्दा फरक नरहेको व्यापारीहरु बताउँछन् । कालीमाटी बजारमा धादिङ, नुवाकोट, मकवानपुर, सिन्धुपाल्चोक, सिन्धुली, रामेछाप लगायतका जिल्लाहरुबाट तरुलहरु आइरहेको व्यापारीहरुको भनाइ […]
उपभोक्ताको चाहनाअनुसार ढाकाको उत्पादनमा विविधिकरण भएपछि आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पाल्पाली ढाका पर्ने गरेको छ । पाल्पाली ढाकाका सामग्री उपहार र मायाको चिनोका रूपमा बिक्री हुने गर्दछन् ।विसं २०१५ मा तानसेनमा एउटा तानबाट सुरु भएको ढाकाको उत्पादन उपभोक्ताको चाहनाअनुसार विविधिकरण भएपछि माग बढ्दै गएको हो । “पहिला–पहिला पाल्पाली ढाका भनेपछि टोपीमात्र चिनिन्थ्यो, अहिले महिला, […]
उपभोक्ताको चाहनाअनुसार ढाकाको उत्पादनमा विविधिकरण भएपछि आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पाल्पाली ढाका पर्ने गरेको छ । पाल्पाली ढाकाका सामग्री उपहार र मायाको चिनोका रूपमा बिक्री–वितरण हुने गर्दछन् ।विसं २०१५ मा तानसेनमा एउटा तानबाट सुरु भएको ढाकाको उत्पादन उपभोक्ताको चाहनाअनुसार विविधिकरण भएपछि माग बढ्दै गएको हो । “पहिला–पहिला पाल्पाली ढाका भनेपछि टोपीमात्र चिनिन्थ्यो, अहिले महिला, पुरुष, बालबालिका सबैका लागि थरिथरिका उत्पादन हुन थालेका छन् ।” तानसेनमा ढाकाको व्यापार गर
झापा । स्थानीय निरु राजवंशी बिहान उज्यालो भएसँगै मेचीनगर नगरपालिकाको बाहिरी ढोका अगाडि आइपुग्छिन् । अनि शुरू हुन्छ चिया, नास्ता पकाउन । चिया पाक्न नपाउँदै १० देखि २० कप भन्दै ग्राहकको अर्डर शुरू हुन्छ । यसरी उनको दिन बित्ने गरेको छ दिन भयो ।
मेचीनगर नगरपालिकाको १५ ओटै वडाको मतगणना यतिबेला नगरपालिकाको कार्यालयभित्र भइरहेको छ । मत परिणाम सुन्न बसेका दलका कार्यकर्ता राति अबेरसम्म र बिहान उज्यालो नहुँदै आइपुगेर चियानास्ताको अर्डर शुरू गर्छन् । जिल्लाका पाँचओटा पालिकाको परिणाम आइसके पनि १० पालिकाको गणना जारी छ ।
आफूले मत दिएको पार्टीको परिणाम सुन्न आउने विभिन्न क्षेत्रका मतदातादेखि नेतासम्म गरी दैनिक एक हजार ५०० को हाराहारीमा नगरपालिका आसपास क्षेत्रमै हुन्छन् । उनीहरूलाई नै लक्षित गरेर मेचीनगर नगरपालिकाको गेटनजिकै चलिरहेको आधा दर्जन होटलसहित सडकमा चियानास्ता बेच्नेहरूको पसल यतिबेला बढेका छन् ।
लामो समयदेखि ईंटाभट्टा बजार चोकमा आलु र प्याजको पकौडा बेच्दै आएकी निरुको अझै एक हप्ता त्यही व्यवसाय फस्टाउने देखिन्छ । ‘बजारतिर मान्छे छैनन् । सबै यतै भीड लागेका छन्,’ उनी भन्छिन्, ‘व्यापार पनि हुने, चुनाव पनि हेर्न पाइने भनेर यतै व्यवसाय शुरू गरेको हुँ । अब भोट गनिसकेपछि पुरानै ठाउँमा फर्किन्छु ।’ उनले दैनिक खर्च कटाएर रु. एक हजार ५०० भन्दा बढी आम्दानी गर्दै आएको बताइन् ।
निरुजस्तै पालिकाको परिसरमा खुद्रा व्यापार शुरू गर्ने यतिबेला १० जना छन् । सबै पसलका व्यापारीलाई चिया, नास्ता, पापड, पकौडा बनाएर बेच्न भ्याइनभ्याई छ । झण्डै एक महिनायता विभिन्न स्थानका चोक बजारमा व्यवसाय चलाउँदै आएका उनीहरूको व्यापार ठप्प थियो । ‘आम्दानीसँगै रमिता हेर्न मज्जा आइरहेको छ,’ जेठ ३१ गते अपराह्नदेखि मत गणनास्थल परिसरमै पापड, पकौडा बेच्दै आएकी लिली चौधरीले भनिन्, ‘बिक्री पनि राम्रो भइरहेको छ, ग्राहकले कुरेर पनि बस्नु पर्दैन । अर्डरको सामान पुर्याउनै धौधौ छ ।’
लामो समयदेखि नगरपालिका छेउमै होटल सञ्चालन गर्दै आएका रमेश केसीको दिनमै जस्तो रातमा पनि यतिबेला व्यापार चलेको छ । उनको होटलमा मत परिणाम सुन्न आएका राजनीतिक दलका कार्यकर्ता, उम्मेदवारदेखि पार्टीका नेतासम्मको खाना, खाजा, चिया खानेको भीड लाग्ने गर्छ । रासस
पाल्पा– जिल्लामा व्यावसायिकरूपमा तरुलको खेती अझै हुनसकेको छैन । कन्दमुलअन्तर्गत पर्ने तरुल लागि अझै पनि वनकै भर गर्नुपर्ने बाध्यता छ तर माघेसङ्क्रान्तिमा तरुल तथा चाकु खानैपर्ने हिन्दू परम्पराअनुसार पर्व नजिकिँदै जाँदा तरुलको व्यापार पनि निकै फस्टाएको हो । जमिनमुनि फल्ने फल रहेकाले तरुलमा कुनै विषादी हुँदैन । यसमा रोग तथा किराको आक्रमणसमेत नहुँदा खानका लागि […]
काठमाडौं, पुस २७ । माघे संक्रान्ति पर्व नजिकिएसँगै काठमाडौंमा चाकु उत्पादन र व्यापारमा तीव्र हुन थालेको छ । काठमाडौंको टोखा र ललितपुरको पाटन लगायतका क्षेत्रमा माघे संक्रान्ति पर्व नजिकिएसँगै चाकुको उत्पादन र व्यापार फस्टाउन थालेको हो । माघे संक्रान्ति र जाडोयामलाई लक्षित गरेर काठमाडौंका चाकु व्यवासायीहरु चाकु बनाउन व्यस्त छन् । चाकुको मूल्यमा भने गत […]