बेपत्ता कर्मचारीको खोजीमा प्रहरी परिचालन

सोलुखुम्बु : चार महिनादेखि बेपत्ता एनएमबी लघुवित्त वित्तीय संस्था सोताङमा कार्यरत कर्मचारीको खोजी गर्न प्रहरी टोली परिचालन भएको छ। प्रदेश १ प्रहरी कार्यालयको उक्त टोली मंगलबारदेखि परिचालन भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।दुईजना विज्ञ (आरआइटी) र दुईजना प्रहरीसहित ४ जनाको टोली घटनास्थल पुगेर अध्ययन गरिरहेको बताइएको छ।सोताङ गाउँपालिका–१ हुलु स्थायी ठेगाना भएकी २५ वर्षीया मनकुमारी असोज ८ गते बेपत्ता बनेपछि खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख एवम् प्रहरी नाय

सम्बन्धित सामग्री

बैतडीमा १८ दिनदेखि बेपत्ता शिक्षकको अवस्था अज्ञात

बैतडी- बैतडीमा १८ दिनदेखि बेपत्ता रहेका एक शिक्षकको अवस्था अज्ञात रहेको छ । यही भदौ ५ गते विद्यालय जान हिँडेका डिलाशैनी गाउँपालिका–२ गोगनी घर भएका ५२ वर्षीय शिक्षक जयबहादुर बोहराको अवस्था अज्ञात रहेको हो । बेपत्ता शिक्षकको खोजीका लागि प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए । उनले भने, […]

कालीगण्डकी नदीमा हामफाली ३५ वर्षीय पाण्डे बेपत्ता

गुल्मी : जिल्लाको कालीगण्डकी गापा-१ हर्मिचौरका ३५ वर्षीय टेकराज पाण्डे कालीगण्डकी नदीमा हाम फाली बेपत्ता भएका छन्।गुल्मी र स्याङजाको संगमस्थल रेप्कामा रहेको मोटरेबल पुलबाट शुक्रबार दिउँसो कालीगण्डकी नदीमा हाम फाली बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।पाण्डेको खोजीका लागि स्थानीय र प्रहरी परिचालन भएको र अहिलेसम्म फेला नपरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक माधवराज खरेलले जानकारी दिए।नदीमा हाम फाल्नुको कारण नखुलेको र खोजी भइरहेको खरेलले बताए।

कालिकोटमा मलामी गएका १३ जना बेपत्ता

कालिकोटको तिलागुफामा मलामी गएका १३ जना बेपत्ता भएका छन् । तिलागुफा नगरपालिका–४ राँचुलीबाट १३ जना बेपत्ता भएको खबर आएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी माधव प्रसाद श्रेष्ठले रातोपाटीलाई बताए । उनले भने–‘हराएको सूचना आएपछि घटनास्थलतर्फ प्रहरी परिचालन गरिएको छ ।’ बेपत्ता भएकाहरु राँचुली गाउँका हुन् । शनिवार ज्यान गुमाएका हेमराज शाहीको अन्त्येष्टिमा गएका उनीहरु बेपत्ता भएका हुन् । घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ ।

बेपत्ता दुई किशोरीको अवस्था अझै अज्ञात, सुरक्षाकर्मी परिचालन

बैतडी : ४ दिनदेखि महाकालीमा बगेर बेपत्ता भएका बैतडीका दुई किशोरी अझै भेटिएका छैनन्। दशरथचन्द नगरपालिका-८ सांगडीका १५ वर्षीया कविता टमटा र १५ वर्षीया संगीता टमटा अझै नभेटिएका बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीले जानकारी दिए।उनीहरूको खोजीका लागि महाकाली नदी किनारमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ। शुक्रबार दिउँसो २ बजे नुहाउने क्रममा मौरास्थित महाकालीमा बेपत्ता भएका भए पनि प्रहरी र प्रशासनलाई भने बेलुका पौने ७ बजे खबर गरिएको थियो।खबर पाउनासाथ

शुक्रबारदेखि महाकालीमा बेपत्ता दुई किशोरी अझै भेटिएनन्

बैतडी, साउन २९ । शुक्रबार महाकाली नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई किशोरी अझै भेटिएका छैनन्। जिल्लाको दशरथचन्द नगरपालिका– ८ का १६ वर्षीया कविता टमटा र १५ वर्षीया संगीता टमटा नदीमा बगेपछि अहिलेसम्म बेपत्ता रहेको निमित्त प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीले बताए। उनीहरूको खोजीका लागि महाकाली नदी किनारमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको […]

कालीगण्डकी नदीले बगाउँदा एकजना वृद्ध बेपत्ता

तनहुँ : तनहुँको देवघाट गाउँपालिका-५ बेणी सङ्गमस्थित कालीगण्डकी नदीमा नुहाउने क्रममा शुक्रबार एक वृद्वलाई बगाउँदा बेपत्ता भएका छन्। यसरी बेपत्ता हुनेमा दोलखा जिल्ला बैधेश्वर गाउँपालिका-३ बस्ने ७६ वर्षीय जङ्गबहादुर खड्का रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। कालीगण्डकी किनारमा नुहाउने क्रममा अचानक नदीले बगाई बेपत्ता बनाएपछि तत्काल प्रहरी परिचालन गरी…

डुङ्गा दुर्घटना : बेपत्ता बालक भेटिएनन्, मृतकको भारतमै अन्त्येष्टि

महाकाली नदीमा  डुङ्गा दुर्घटना भएर  बेपत्ता भएका शिवनाथ गाउँपालिका–१ का आठ वर्षीय सन्दीप साउदको अवस्था अज्ञात रहेको छ । बुधबार साँझ शिवनाथ–१ स्थित महाकाली नदीको खाँडघाटमा डुङ्गा दुर्घटना हुँदा सन्दीप बेपत्ता भएका हुन् ।सन्दीपको खोजीका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको भए पनि फेला पर्न नसकेको प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए । यसका साथै सन्दीपको खोजीका लागि भारतीय प्रहरीसँग समेत समन्वय भइरहेको जनाइएको छ ।डुङ्गा दुर्घटनामा परी मृत्यु भ

बबईमा डुबेर एकको मृत्यु, एक बेपत्ता

बर्दियाको बबई नदीमा डुबेर सोमबार एक जनाको मृत्यु भएको छ । अर्का एक व्यक्ति बेपत्ता भएका छन् । बाग्लुङ घर भएका हुकुम विकको डुबेर मृत्यु भएको हो । बारबर्दियाका लेखनाथ पौडेल नदीमा डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिए।बेपत्ता पौडेलको खोजी गर्न बबई नदी तटीय क्षेत्रमा प्रहरी परिचालन गरिएको छ । उनको खोजीमा नदी तटीय क्षेत्रका बासिन्दा समेत जुटेका छन् ।

महाकाली तुइन घटना : बेपत्ता जयसिंहको बैतडीमा पनि खोजी

महाकाली नदीमा तुइनबाट खसेर बेपत्ता भएका दार्चुलाको व्यासका जयसिंह धामीको खोजी बैतडीमा पनि भइरहेको छ । गत साउन १५ गते भारतको बाटो भएर दार्चुला सदरमुकाम खलङ्गा आउने क्रममा व्यास गाउँपालिका–२ मालघाटमा तुइन तर्ने क्रममा जयसिंह महाकाली नदीमा बेपत्ता भएका थिए । बेपत्ता जयसिंहको खोजीका लागि बैतडीमा पनि नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको निमित्त प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीले जानकारी दिए।  महाकाली नदी दार्चुला–बैतडी–डडेल्धुरा हुँदै कञ्चनपुर भएर बग्ने गर्दछ ।