काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले शिक्षक, कर्मचारीको सम्पूर्ण रिक्त दरबन्दीमा तत्काल विज्ञापन गर्ने प्रतिबद्धता जनाएको छ । आज (मंगलबार) नेकपा एमालेको विद्यार्थी सङ्गठन अनेरास्ववियु र त्रिभुवन विश्वविद्यालयले गठन गरेको वार्ता समितिबीच भएको छलफलपछि त्रिविले विश्वविद्यालयको रिक्त दरबन्दीमा तत्काल विज्ञापन गर्ने र हरेक ६/६ महिनामा शिक्षक, कर्मचारीको खुला विज्ञापन गर्ने प्रक्रिया अघि बढाउने सहमति गरेको हो । […]