कोरोना खोपको मात्रा पुरा गरेका नेपाली श्रमिक यूएई आउन पाउने

दुई डोज कोरोना खोपको मात्रा पुरा गरेका नेपाली श्रमिकहरु यूएई आउन पाउने भएका छन्। यूएईको रेसिडेन्ट (आवासीय) भिसा भएका र कोरोना खोपको मात्रा पुरा गरेका नेपाली श्रमिकहरु आउँदो अगष्ट ५ देखि यूएई आउन सक्ने राष्ट्रिय आपतकालीन संकट तथा विपद् व्यवस्थापन प्राधिकरण (एनसीईएमए) लाई उदृत गर्दै खालिज टाईम्सले जनाएको छ।यूएई आउन चाहने श्रमिकले दोस्रो खोप लगाएको १४ दिन पछि मात्र यूएई प्रवेश पाउने एनसीईएमए जनाएको हो।जसमा कोभिड खोपको मात्रा पुरा गरेको प्रमाणपत्र वा कार्ड साथमा हुनु पर्ने छ।खालिज टाईम्सका अनुस

सम्बन्धित सामग्री

निःशुल्क भिसा र टिकटको नीति कागजमै सीमित

काठमाडौं : मलेसिया, साउदी, कतार, संयुक्त अरब इमिरेट्स (यूएई), बहराइन, कुवेत र ओमानमा निःशुल्क भिसा र टिकटमा नेपाली श्रमिक पठाउने नीति कार्यान्वयनमा आएको आठ वर्ष भइसकेको छ। तर वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनी र एजेन्टले मनलागी शुल्क लिँदै आएका छन्। शनिबारको गोरखापत्र दैनिकमा समाचार छ, सरकारले २०७२ सालमा तत्कालीन श्रममन्त्री टेकबहादुर गुरुङले खाडी र मलेसियामा जाने श्रमिकको हकमा निःशुल्क टिकट लागु गरेका थिए। वैदेशिक रोजगार विभागका अनुसार निःशुल्क भिसा र टिकट लागु भएपछि विभा

नेपाली श्रमिक भर्ना प्रक्रियामा निःशुल्क गर्न यूएई सहमत

संयुक्त अरब इमिरेट्स (यूएई) सरकार विभिन्न पाँच क्षेत्रमा श्रमिकको भर्ना प्रक्रिया निःशुल्क गर्नेगरी ‘पाइलट प्रोजेट’ अघि बढाउन सहमत भएको छ । नेपाल–संयुक्त अरब इमिरेट्स (यूएई)बीच भर्चुअल रूपमा मङ्गलबार सम्पन्न उक्त बैठकमा नेपाल सरकारले राखेको सो प्रस्तावमा यूएई सरकार सहमत भएको हो ।

महामारीमा स्वदेश फर्कने २१ प्रतिशत श्रमिकले पारिश्रमिक पाएनन्

कोभिड–१९ संकटका बेला वैदेशिक रोजगारीमा रहेका अधिकांश नेपाली श्रमिक पारिश्रमिक तथा सेवासुविधा नपाएरै नेपाल फर्केको पाइएको छ । संक्रमणका बेला खाडी मुलुक तथा मलेसियाबाट रोजगारी गुमाएर स्वदेश फर्केका धेरैजसो नेपाली युवाले आफूले छोडेको पारिश्रमिक स्वदेश फर्केको लामो समयपछि पनि नपाएको एक अध्ययनले देखाएको छ ।कतार, साउदी अरब, यूएई, ओमान, बहराइन, कुवेत र मलेसियाबाट फर्केका नेपालीले […]

कार्यान्वयनमा ‘पाइलट प्रोजेक्ट’

नेपाल–यूएई संयुक्त समितिको दोस्रो बैठक संयुक्त अरब इमिरेट्स (यूएई)को राजधानी आबुधाबीमा सम्पन्न भएसँगै आकर्षक नेपाली श्रमगन्तव्यका लागि त्यहाँको सरकारले वर्गीकरण गरेको पाँचवटा श्रमक्षेत्रमा नेपाली श्रमिक भर्ना पूर्णरूपमा निःशुल्क गर्ने भएको छ । यो निर्णयसँगै यसअघि काठमाडौं बैठकमा निर्मित ‘पाइलट प्रोजेक्ट’ कार्यान्वयनको प्रक्रियामा अघि बढ्ने भएको छ । यूएईमा रहेका नेपालीलाई कामका आधारमा विभिन्न १९ क्षेत्रमा […] The post कार्यान्वयनमा ‘पाइलट प्रोजेक्ट’ appeared first on राजधानी राष्ट्रिय दैनिक.

श्रम सम्झौताअनुसार श्रमिक भर्ना गर्न यूएई तयार

संयुक्त अरब इमिरेट्स(युएई)ले श्रम सम्झौताअनुसार नै नेपालबाट श्रमिक भर्ना गर्ने प्रतिबद्धता जनाएको छ । युएईका कम्पनीहरूले भिजिट भिसामार्फत नेपाली श्रमिक लगेर रोजगार दिने थालेपछि नेपाल यूएईको श्रम सम्झौता धरापमा परेको थियो ।

विभेद र बाध्यकारी श्रम गर्न बाध्य नेपाली श्रमिक

संयुक्त अरब इमिरेट्स (यूएई)मा कार्यरत नेपालीसहित आप्रवासी श्रमिकमाथि विभेद र बाध्यकारी श्रमको अभ्यास व्यापक रहेको पाइएको छ । अन्तर्राष्ट्रिय मानव अधिकार संस्था इक्विडेमले यूएईमा रहेका आप्रवासी श्रमिकको अवस्थाका बारेमा गरेको अध्ययनमा यस्तो पाइएको हो । विभेद र बाध्यकारी श्रमको अभ्यास विषयक सो प्रतिवेदन यूएईमा कार्यरत श्रमिकमाथि इक्विडेमका अनुसन्धाताले विगत छ महिनासम्म लागेर गरेको गोप्य अन्तर्वार्ताका आधारमा तयार गरिएको जनाएको छ ।

विनिमयदर : नेपाली श्रमिक रहेका खाडी मुलुकको मुद्रा साट्दा फाइदा

आज (शुक्रबार) नेपाली श्रमिकहरूको गन्तव्य मुलुकका मुद्राको विनियमदर बढेको छ । खाडी क्षेत्रका मुलुकबाट प्राप्त मुद्रा साट्दा हिजोभन्दा आज धेरै रकम पाइनेछ । हिजो साउदी अरेबियन रियालको खरिददर ३१ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३१ रुपैयाँ ७१ पैसा रहेको थियो । आज सो मुद्राको खरिददर ३१ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३१ रुपैयाँ ७५ पैसा तोकिएको छ ।कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ५३ पैसा र बिक्रीदर ३२ रुपैयाँ ७० पैसा, यूएई दिरामको खरिददर ३२ रुपैयाँ २५ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४२ पैसा तथा मलेसियन रिंगिटको

६ देशमा उडान खुला गर्ने सीसीएमसीको निर्णय, क्वारेन्टिन खर्च सरकारले व्यहोर्ने

काठमाडौं । सरकारले नेपाली श्रमिक संख्या धेरै रहेका मुलुकको हवाई उडान सुचारु गर्ने निर्णय गरेको छ । बुधबार बसेको सीसीएमसी निर्देशन समितिको बैठकले नेपाली श्रमिक धेरै रहेका ६ देशमा उडान खोल्ने निर्णय गरेको हो । निर्णयानुसार उडान पुनः सञ्चालन गरिनेमा टर्की, कतार, साउदी अरेबिया, यूएई, जापान र मलेसिया छन् । यी...

रोजगारी गुमाएर साढे ४ लाख नेपाली श्रमिक स्वदेश फर्किए

कोरोना भाइरस महामारीका कारण रोजगारी गुमाएर साढे ४ लाख नेपाली श्रमिक स्वदेश फर्किएका छन्। एक वर्ष अवधिमा ६० देशबाट ४ लाख ५३ हजार ८ सय ४७ जना फर्किएका कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्रको तथ्यांकले देखाएको छ। तर, यी श्रमिकलाई व्यवस्थापन गर्न सरकारले कुनै योजना ल्याएको छैन।केन्द्रका अनुसार सबभन्दा धेरै संयुक्त अरब इमिरेट्स (यूएई) बाट फर्किएका छन्। दोस्रोमा रोजगारी गुमाएर फर्किने मुलुकमा कतार पर्छ। यूएईबाट १ लाख ४० हजार २ सय १६ र कतारबाट १ लाख ५ हजार ७ सय ७४ जना फर्किएका हुन्। मलेसियाबाट