संयुक्त अरब इमिरेट्स(युएई)ले श्रम सम्झौताअनुसार नै नेपालबाट श्रमिक भर्ना गर्ने प्रतिबद्धता जनाएको छ । युएईका कम्पनीहरूले भिजिट भिसामार्फत नेपाली श्रमिक लगेर रोजगार दिने थालेपछि नेपाल यूएईको श्रम सम्झौता धरापमा परेको थियो ।
संयुक्त अरब इमिरेट्स (यूएई) सरकार विभिन्न पाँच क्षेत्रमा श्रमिकको भर्ना प्रक्रिया निःशुल्क गर्नेगरी ‘पाइलट प्रोजेट’ अघि बढाउन सहमत भएको छ । नेपाल–संयुक्त अरब इमिरेट्स (यूएई)बीच भर्चुअल रूपमा मङ्गलबार सम्पन्न उक्त बैठकमा नेपाल सरकारले राखेको सो प्रस्तावमा यूएई सरकार सहमत भएको हो ।
संयुक्त अरब इमिरेट्स (यूएई) ले नेपालसँगको श्रम समझदारीविपरीत श्रमिक भर्ना नगर्ने प्रतिबद्धता जनाएको छ । आबुधाबीमा मंगलबार सम्पन्न नेपाल र यूएईका उच्च अधिकारीबीचको बैठकमा यूएईले त्यस्तो प्रतिबद्धता जनाएको हो । दुई देशबीच स्थापित संयन्त्रभित्रबाटै नेपालीलाई अवसर दिने नीति कडाइका साथ कार्यान्वयन गर्न यूएई सहमत भएको छ ।
नेपाल–यूएई संयुक्त समितिको दोस्रो बैठक संयुक्त अरब इमिरेट्स (यूएई)को राजधानी आबुधाबीमा सम्पन्न भएसँगै आकर्षक नेपाली श्रमगन्तव्यका लागि त्यहाँको सरकारले वर्गीकरण गरेको पाँचवटा श्रमक्षेत्रमा नेपाली श्रमिक भर्ना पूर्णरूपमा निःशुल्क गर्ने भएको छ । यो निर्णयसँगै यसअघि काठमाडौं बैठकमा निर्मित ‘पाइलट प्रोजेक्ट’ कार्यान्वयनको प्रक्रियामा अघि बढ्ने भएको छ । यूएईमा रहेका नेपालीलाई कामका आधारमा विभिन्न १९ क्षेत्रमा […]
The post कार्यान्वयनमा ‘पाइलट प्रोजेक्ट’ appeared first on राजधानी राष्ट्रिय दैनिक.
नेपालले आबुधाबी डायलगमा न्यायोचित श्रमिक भर्ना प्रक्रियालाई प्रोत्साहन गर्न श्रमिक पठाउने (स्रोत) र श्रमिक लिने (गन्तव्य) दुवै देशले आफ्नो भूमिका र उत्तरदायित्व पहिल्याउनुपर्नेसहित ५ वटा प्रस्ताव राखेको छ । संयुक्त अरब इमिरेट्स (यूएई) मा सोमबारबाट सुरु १६ वटा स्रोत र गन्तव्य देशका उच्च अधिकारी सहभागी आबुधाबी डायलगमा यस्तो प्रस्ताव राखिएको हो ।