चितवनको भरतपुर महानगरपालिकाको मतगणना शनिबार बिहान ८ बजेदेखि सुरु हुने भएको छ । मतपेटिका संकलनपछि बसेको सर्वदलीय बैठकले बिहान ८ बजेदेखि मतगणना सुरु गर्ने निर्णय भएको हो । भरतपुर महानगरमा शुक्रबार सम्पन्न मतदानपछि विभिन्न मतदान केन्द्रबाट ३७१ वटा मतपेटिका संकलन भएका छन् । ती मतपेटिकाहरु कोठामा राखी सो कोठाका सबै झ्याल ढोका बन्द गरी मूल ढोका समेत बन्द गरी निर्वाचनको अधिकृतले ताला लगाइ लाहाछाप गरेको मुचुल्का तयार गरिएको छ । भरतपुरको मेयरमा गठबन्धनबाट माओवादी केन्द्रकी रेनु दाहाल