घोराही कारागारबाट गत पुस ८ गते प्रहरीको मोटरसाइकल लिएर भागेका कैदीलाई दाङ प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार कारागारबाट भागेका कर्तव्य ज्यान मुद्दामा जन्मकैद सजाय भोगिरहेका यमराज परियारलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरीले कार्यालय दाङले पक्राउ परियारका बारेमा जानकारी दिन सोमवार अपरान्ह ४ बजे कार्यालयमा पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ ।
जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरी टोलीले भारतीय सीमावर्ती क्षेत्रबाट समातेको बताइएको छ ।