प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा अहिले विवादको शिखरमा छन् । पेसी–तोकाइमा मन परी गर्ने गरेको; न्यायालयमा भ्रष्टाचार र बिचौलिया मौलाएको;राजनीतिमा समेत साझेदारी/सौदाबाजी गरेर न्यायपालिकाको मर्यादा, गरिमा, विश्वसनीयता, जनआस्था ध्वस्त पार्न उद्यत रहेको; न्यायालयको धर्म, र समस्त न्याय प्रणाली नै संकटमा धकेलेको जस्ता गम्भीर आरोप उनीमाथि लागेका छन् ।