म्याग्दी : देशमा भएको राजनीतिक परिवर्तनपछि गति लिएको विकास निर्माणले धौलागिरि क्षेत्रको पर्यटन विकास तीव्र गतिमा अघि बढेको छ।करिब डेढ दशकअघिसम्म लाहुरेहरूको पौरख र कला संस्कृतिको विरासतले परिचित धौलागिरि क्षेत्रको परिचय अहिले भने यतिमा मात्र सीमित नभएर उत्कृष्ट पर्यटकीय गन्तव्यको क्षेत्र भनेर पनि चिनिन थालेको छ।साविकको धौलागिरि अञ्चलका म्याग्दी, मुस्ताङ, बागलुङ र पर्वत जिल्लामा पछिल्लो एक दशकमा दुई दर्जनभन्दा बढी मानव निर्मित र प्राकृतिक पर्यटकीयस्थल पहिचान, व्यवस्थापन र निर्माण