बर्दियाको बढैयाताललाई पर्यटकीयस्थलका रुपमा विस्तार गर्ने उद्देश्यले हाल धमाधम काम भइरहेको छ । यो ताललाई सरकारले पर्यटकीय गन्तव्यका रुपमा समेत सूचीकृत गरेको छ । मुलुकभरका २०० पर्यटकीय गन्तव्यमा यो ताल पनि पर्न सफल भएको छ ।
बढैयाताल गाउँपालिकाका जनप्रतिनिधि र स्थानीयवासीले पर्यटकीयस्थलका रुपमा विकास गर्ने योजना अगाडि बढाएपछि अहिले बढैयातालको मुहार पनि फेरिँदै गएको छ । तालमा पिकनिक रिसोर्ट, तालसम्म पुग्ने बाटो, खानेपानी, बिजुली बत्ती, भ्युटावर निर्माण भइसकेका छ भने थप संरचना निर्माणको काम पनि योजनामा परेको गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले बताउनुभयो ।
बढैयाताल बर्दियाको सबैभन्दा ठूलो तालका रुपमा छ । बाहै महिना तालमा पानी जम्मा भइरहने तालको मुख्य विशेषता हो । विभिन्न थरीका माछा, कमलको पूmल, घाँसेमैदान, चराचुरुङ्गीको बासस्थानले ताललाई थप आकर्षक तथा रमणीय बनाएको छ । यसका साथै ताल क्षेत्रमा अरबियन सागरबाट चराहरू आउने भएकाले यसको आकर्षण अभैm बढेको छ । बढैयातालकै नामबाट गाउँपालिकाको नाम पनि बढैयाताल राखिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।