नबिल बैंकले ल्यायो नयाँ वर्षमा ‘नयाँ रहर, नयाँ अफर’

२६ चैत, काठमाडौं । नबिल बैंकले नयाँ वर्ष २०७८ को अवसरमा आफ्ना ग्राहकका लागि क्यास ब्याक अफर ल्याएको छ । बैंकका अनुसार दराज सँगको साझेदारीमा चैत २९ गतेदेखि २०७८ वैशाख ७ गतेसम्म डेबिट कार्डमार्फत सपिङ गरेमा …

सम्बन्धित सामग्री

महालक्ष्मी बैंकले ल्यायो आवास र व्यावसायिक कर्जामा आकर्षक योजना

काठमाडौं : महालक्ष्मी विकास बैंकले घर निर्माण गर्न इच्छुकहरुलाई लक्षित गरी आवास कर्जा र उद्यम गर्न इच्छुकहरुलाई लक्षित गरी उद्यमशील कर्जाअन्तर्गत विशेष कर्जा सुविधा योजना सार्वजनिक गरेको छ।आवास कर्जा योजनाअन्तर्गत ‘सपनाको सानो घर प्यारो घर, अब पूरा हुनेछ सबैको रहर’ धितो मूल्याङ्कनमा उच्चतम कर्जा प्रवाह गर्नुका साथै कर्जाको अवधि अधिकतम १५ वर्ष, घर निर्माणमा अग्रिम कर्जा प्रवाह, आकर्षक व्याजदर तथा कर्जा शुल्कमा विशेष छुट जस्ता आकर्षक सुविधाहरु प्रदान गर्ने बैंकले जनाएको छ।व्यावसायिक कर

दराजले ल्यायो नयाँ वर्ष सेल, एडिया एस–लाइक स्कुटर जित्ने अवसर

अनलाइन सपिङ प्लेटफर्म दराजले नयाँ वर्षको सेल ‘नयाँ रहर नयाँ अफर’ योजना सुरु गर्ने तयारी गरेको छ ।

‘स्विमिङ र डाइभिङ’कला सिकाउन नपाउँदा मन खिन्न हुन्छ’

एक्काइस वर्ष नौ महीना भारतीय सेनाको जागिरबाट अवकाश पाएर स्वदेश फर्किंदा म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनको मनमा खेल प्रशिक्षक बन्ने सपना थियो । उहाँ गोर्खा सैनिकमा रहँदा ‘स्विमिङ’ र ‘डाइभिङ’ खेलमा भारतका राष्ट्रिय प्रतियोगितामा विजेता समेत बन्नुभएको थियो । बैसठ्ठी वर्षीय उहाँले सन् १९७८ मा क्यानडामा भएको एघारौँ कमन वेल्थ, १९८२ को दिल्लीको नवौँ र १९८६ मा दक्षिण कोरियामा भएको एघारौँ एशियाली खेलमा पदक दिलाउनुभएको थियो । सन् १९७५ देखि ७९, ८१, ८२ र ८६ को राष्ट्रिय खेलकूद प्रतियोगिताको स्वर्ण पदक जितेका उहाँले १० वर्षसम्म भारतको राष्ट्रिय पौडी प्रशिक्षकको भूमिका समेत निर्वाह गर्नुभएको थियो । “जनताको सेवा गरौँ भनेर राजनीतिमा हाम फालेर गाउँपालिकाको अध्यक्ष त बनेँ, राम्रो गरौँ भनेर लागेको छु”, उहाँले भन्नुभयो, “तर मेरा पदक कुना परेका छन् । विगत सम्झँदा र कला सिकाउन नपाउँदा मन खिन्न हुन्छ ।” भारतमा राम्रो तलब सुविधासहित पौडी प्रशिक्षकको रोजाइ छाडेर स्वदेश फर्किएका उहाँले पोखरामा भएको दोस्रो र वीरगञ्जमा भएको तेस्रो राष्ट्रिय प्रतियोगितामा तत्कालीन गण्डकी अञ्चलबाट सहभागी भएर स्वर्ण पदक दिलाउनुभयो । “पौडी र गोटाखोरको प्रशिक्षक बनेर सिप सिकाउने सपना थियो तर अवसर पाइन”, उहाँ भन्नुहुन्छ, “परिस्थितिले राजनीतिमा ल्यायो, पद पनि दिलायो । नेपालमा पौडी खेलको विकासमा योगदान गर्ने रहर पूरा भएको छैन ।” विभिन्न प्रतियोगितामा पाएका पदक र प्रमाणपत्रले एउटा सानो प्लास्टिकको झोला भरिएको छ । फुर्सद हुँदा पदक र प्रमाणपत्र हेरेर विगत सम्झने उहाँ खेलकूदको विकासमार्फत देशलाई चिनाउन गाउँपालिकाबाट खेल प्रशिक्षण र पूर्वाधार निर्माणमा जोड दिएको बताउनुहुन्छ ।

नयाँ वर्ष लाग्यो‍, घुम्ने रहर जाग्यो !

काठमाण्डौ – ‘डाँडा पाखा चउर हरिया देखिए पालुवाले, बोकी ल्यायो बकुल वनको बास मिठो हावाले’ राष्ट्रकवि माधवप्रसाद घिमिरेले वैशाख महिनाको निकै नै सुन्दर वर्णन गर्नुभएको छ । प्रकृतिले नयाँ आभुषण पहिरिने समय हो यो । रङ्गीबिरङ्गी फूलहरुले हिमाल पहाड तराईमा नयाँ श्रृङ्गार थपेको हुन्छ । कोइलीले वैशाखलाई डाकि...