साढे दुई वर्षअघि निर्माण सकेर चिटिक्क पारिएको बलेवा विमानस्थल जहाज चल्न नपाउँदै जीर्ण बन्न लागेको छ । विमानस्थलको धावनमार्गमा अहिले काँस फुलेको छ । तारबारमा खिया लागिसकेको छ । यहाँ पुग्नेले तारबार लगाएको स्थानबाट तस्बिर खिच्छन् । कतिले कालोपत्र मैदानको प्रशंसा गर्छन् । कतिपयले जहाज कहिले आउँछ भनेर सामाजिक सञ्जालमा प्रश्न तेर्स्याउँछन् ।