बैतडी : बैतडीको डिलाशैनी गाउँपालिकाले एक मतदाता एक बिरुवा रोपण कार्यक्रम सञ्चालन गरेको छ। पालिकाभरि रहेका मतदाता संख्या बराबर वृक्षारोपण गरिने डिलाशैनी गाउँपालिकाका प्रवक्ता यज्ञराज भट्टले बताए।डिलाशैनी गाउँपालिकामा १३ हजार २५२ मतदाता रहेका र सोही संख्यामा वृक्षारोपण गर्ने योजना रहेको छ। उनले भने, ‘मतदाता संख्या बराबर वृक्षारोपण कार्यक्रम सञ्चालन गरेर पालिकाभरी वृक्षारोपण अभियान सञ्चालन गर्छौँ। वृक्षारोपणमा फलफूलका बिरुवा रोप्छौँ। यसले गाउँपालिकावासीलाई आत्मनिर्भरताको बाटोमा डोर्याउन