काठमाडौं : रंगभेदविरुद्ध लामो समय लडेका दक्षिण अफ्रिकाका नेता डेसमण्ड टुटुप्रति विश्वभरका नेताले श्रद्धाञ्जलि व्यक्त गरेका छन्। नोबेल शान्ति पुरस्कार विजेता टुटुले रंगभेदी आन्दोलनमा नेल्सन मण्डेलासँग मिलेर काम गरेका थिए। टुटुको शनिबार ९० वर्षको उमेरमा निधन भएको हो। दक्षिण अफ्रिकामा उनको सम्मानमा एक हप्तासम्म श्रद्धाञ्जलिका विभिन्न कार्यक्रम हुनेछन्। उनको केप टाउनमा आगामी जनवरी १ मा अन्त्येष्टि गरिने उनको फाउण्डेसनले सोमबार जनाएको छ।पोप फ्रान्सिस, अमेरिकी राष्ट्रपति जो बाइडेन