दक्षिण अफ्रिकामा रङ्गभेदलाई अन्त्य गर्न प्रमुख भूमिका खेलेका नोबेल शान्ति पुरस्कार विजेता पादरी डेसमन्ड टूटूको ९० वर्षको उमेरमा निधन भएको छ । दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामफोसाले टूटूको निधन प्रति दुःख व्यक्त गरेका छन् ।राष्ट्रपति रामफोसाले टूटूलाई एक प्रतिष्ठित आध्यात्मिक नेता, रङ्गभेद विरोधी कार्यकर्ता र मानव अधिकारका वैश्विक प्रचारकको संज्ञा दिएका छन् । उनले टूटूलाई बेजोड देशभक्त, सैद्धान्तिक र व्यवहारिक नेता भएको बताएका छन् । केही हप्ताअघिमात्र रङ्गभेद शासनका अन्तिम राष्ट्रपति रहेका ए