काठमाडौं : नेकपा एमालेले आगामी साउन २५ गते विधान अधिवेशन गर्ने भएको छ। पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा शुक्रबार र शनिबार बसेको १३ औं केन्द्रीय समिति बैठकले अगामी साउन २५, २६ र २७ गते काठमाडौंमा विधान अधिवेशन गर्ने निर्णय गरेको हो। विधान अधिवेशनमा पार्टी अध्यक्षको संयोजकत्वमा राजनीतिक प्रतिवेदन, महासचिवको संयोजकत्वमा संगठनात्मक प्रस्ताव, संगठन विभाग प्रमुखको संयोजकत्वमा विधान संसोधन प्रस्ताव र नेता रामबहादुर थापाको संयोजत्वमा व्यवस्थापन समिति ग