खस आर्यतर्फको सहमहामन्त्रीमा किशोरसिंह राठौर निर्वाचित

काठमाडौं, पुष २ । नेपाली कांग्रेसको सहमहामन्त्रीमा खस आर्यतर्फ किशोरसिंह राठौर निर्वाचित हुनुभएको छ । देवराज चालिसेलाई पराजित गर्दै किशोरसिंह राठौर निर्वाचित हुनुभएको हो । राठौरले २५७६ मत प्राप्त हुँदा चालिसेले २०५९ मत प्राप्त भएको हो । किशोरसिंह देउवा समूहका र देवराज कोइराला समूहबाट उम्‍मेदवारी दिएका थिए ।

सम्बन्धित सामग्री

यी हुन् कांग्रेसका ८ सहमहामन्त्री

काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट ८ जना सहमहामन्त्री निर्वाचित भएका छन्। बिहीबार र शुक्रबार भएको मतगणनाअनुसार समावेशी समूहबाट उनीहरू निर्वाचित भएका हुन्। ८ जनामध्ये ६ जना सभापति शेरबहादुर देउवा समूहका छन् भने २ जना डाक्टर शेखर कोइराला समूहका हुन्। नवनिर्वाचित सहमहामन्त्रीमा महालक्ष्मी उपाध्याय 'डिना' (महिला), किशोरसिंह राठौर (खस आर्य), उमाकान्त चौधरी (थारू), फरमुल्लाह मन्सुर (मुस्लिम), महेन्द्र यादव (मधेशी), भीष्मराज आङ्देम्बे (आदिवासी जनजाति), बद्री पाण्डे (

काँग्रेसका पाँच सहमहामन्त्रीको मत गणना सुरु, ११ जनामा कसले मार्ला बाजी ?

नेपाली काँग्रेसका पाँच ‘क्लस्टर’का सहमहामन्त्रीको मत गणना सुरु भएको छ । पार्टी कार्यालय सानेपामा शुक्रबार विहान ११ बजेपछि मत गणना सुरु भएको हो । खस–आर्य, मधेसी, मुस्लिम, थारु र पिछडिएको क्षेत्रको तर्फका सहमहामन्त्रीको मत गणना भइरहेको काँग्रेस निर्वाचन समिति सदस्य तेजबहादुर रावलले रातोपाटीलाई जानकारी दिए । पाँच सहमहामन्त्रीको मतगणना पाँच ठाउँमा भइरहेको उनको भनाइ छ ।खस आर्य सहमहामन्त्रीमा शेरबहादुर देउवा समूहबाट किशोरसिंह राठौर र शेखर कोइराला समूहबाट देवराज चालिसे उम्मेदवार छन् ।