नेपाली काँग्रेसका पाँच ‘क्लस्टर’का सहमहामन्त्रीको मत गणना सुरु भएको छ । पार्टी कार्यालय सानेपामा शुक्रबार विहान ११ बजेपछि मत गणना सुरु भएको हो । खस–आर्य, मधेसी, मुस्लिम, थारु र पिछडिएको क्षेत्रको तर्फका सहमहामन्त्रीको मत गणना भइरहेको काँग्रेस निर्वाचन समिति सदस्य तेजबहादुर रावलले रातोपाटीलाई जानकारी दिए । पाँच सहमहामन्त्रीको मतगणना पाँच ठाउँमा भइरहेको उनको भनाइ छ ।खस आर्य सहमहामन्त्रीमा शेरबहादुर देउवा समूहबाट किशोरसिंह राठौर र शेखर कोइराला समूहबाट देवराज चालिसे उम्मेदवार छन् ।